सल्यानमा पहिरोमा वृद्धको शव भेटियो

सल्यान, १३ असार ।
सल्यानमा पहिरोमा पुरिएको अवस्थामा एकजना वृद्धको शव फेला परेको छ । कालीमाटी गाउँपालिका वडानम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरोमा कम्मरभन्दा माथिको भागसम्म पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।


वृद्ध यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो । घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडुँगे खोलाको पहिराले पुरिएको अवस्थामा शव फेला परेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार