बनगाड कुपिण्डेमा बर्थिङ सेन्टर स्थापना

दुर्गा विसी ।
सुर्खेत, १३ असार ।
सल्यानको बनगाड कुपिण्डे नगरको निगालचुलामा वर्थिङ सेन्टर स्थापना गरिएको छ । निगालचुला स्वास्थ्य चौकीमा शुक्रवार वडा अध्यक्ष गोविन्द डाँगीले सेन्टरको उद्घाटन गरेका हुन् । प्रसुती सेवा स्थापना भए सँगै अब यहाँका महिलाहरु सामान्य उपचार तथा चेकजाँचका लागि टाढा जानुपर्ने समस्या दुर भएको डाँगीको भनाइ छ ।


लामो समयपछि बनगाड कुपिण्डे नगरपालिकाले अनमिको व्यवस्थापन गरेसँगै सेवा सुचारु भएको छ । नगरको दुर्गम क्षेत्रमा सेवा सुचारु भएपछि स्थानीय खुसी भएका छन् । प्रसुतिका लागि टाढा जानुपर्ने अवस्थाको अब अन्त्य भएको उनीहरुको भनाइ छ । सामान्य समस्या अब निराकरण हुनेमा स्थानीय आशावादी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार