रुकुम हत्याकाण्डः न्याय नपाए झन् कडा आन्दोलन

सुर्खेत, १२ असार । जाजरकोटका नवराज विकको न्यायका लागि सुर्खेतका युवाहरु अनशनमा बसेका छन् । अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका नवराजको रुकुम पश्चिममा हत्या भएको थियो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालले घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै वीरेन्द्रनगर चौकमा विहिवार राति ८ बजेदेखि बुक्रवार विहान ८ बजेसम्म अनशन बसेका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा प्रदेश कमिटीका सदस्य दलसिंह सुनारले घटनाको निष्पक्ष छानविन हुनु पर्ने बताएका छन् । उनले दलित भएकै कारण कसैको ज्यान लिन नपाइने भन्दै दोषीलाई कारवाही हुनुपर्ने बताए ।


त्यस्तै, नेपाली कांग्रेसका प्रतिनिधि तथा नेपाल दलित संघका जिल्ला अध्यक्ष भीम परियारले दोषीलाई कारवाही र पीडितले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताए । नागरिक संरक्षण केन्द्रका केन्द्रिय सदस्य बसन्त विश्वकर्माले आन्दोलन दलितको मात्र नभई अन्यायमा परेका सबै नागरिकका लागि भएको बताए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका प्रदेश अध्यक्ष खगेन्द्र सुनारले दलित भएकै कारण नवराज र उनीहरुका साथीको हत्या भएको बताए । प्रहरीले घटनाको मुचुल्का बदल्न खाजेको भन्दै न्याय नपाए झन कडा आन्दोलनमा जाने उनको भनाई छ ।

गत जेठ १३ गते बेहुली लिन गएका जाजरकोटका २१ वर्षीय नवराज विकको शव भोलीपल्ट बिहान भेरी नदी किनारमा भेटिएको थियो । नवराजसंगै उनका अन्य साथीहरु गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र टीकाराम सुनारको हत्या भएको थियो । उनीहरुको शव भेरी नदीमा फेला परेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार