नव विवाहित दाम्पतीसंग खाँडाचक्रको अन्तरक्रिया

तुलराज पाण्डे

कालिकोट, १२ असार ।

कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाले नव विवाहित दाम्पतीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द सेजुवालले भर्खरै विवाह गरेका श्रीमन, श्रीमतीलाई परिवार योजना बारे प्रष्ट पारेका हुन् । उनले कम उमेरमा विवाह गर्दा बच्चा लाटो जन्मिने, कुपोषण लाग्ने, महिलाको पाठेघर खस्ने समस्या आउने बताए ।

त्यस्तै खाँडाचक्र नगरपालिका वडा नम्बर ३ ताडिमा वैदेशिक रोजगारमा जान चाहाने दम्पतीहरुलाई पनि अभिमुखिकरण गरिएको थियोे । कार्यक्रममा खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा सहयोजक तुल्सी प्रसाद अधिकारी र स्वास्थ्यकर्मीले प्रशिक्षण गरेका थिए ।

यस्तै वडा नम्बर ६ दाहामा किशोरीहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी किशोर अवस्थामा देखापर्ने समस्या र पहिचानका बारेमा अभिमुखिकरण दिइएको थियो । कार्यक्रमको सहजीकरण रुपा भण्डारीले गरिकी थिइन् ।

उनका अनुसार कार्यक्रममा किशोरीहरुलाई रजस्वला हुँदा आवश्यक पर्ने सेनेटरी प्याड सम्बन्धी जानकारी दिइएको थियो । उक्त कार्यक्रम खाँडाचक्र नगरपालिका सबै वडामा सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया