असारे विकासः जनताको आँखामा छारो हाल्न काम

कालिकोट, १२ असार । कालिकोट जिल्लाका अधिकांश स्थानिय तहमा असारे विकासले निरन्तरता पाएका छन् । मुलुक संघीय संरचनामा गएपनि स्थानिय तह र प्रदेश सरकारको मिलेमतोमा असारे विकासले निरन्तरता पाएका छन् ।

रास्कोट नगरपालिकामा निर्माण हुन लागेको रास्कोट रंगशालाको १ असारमा उपभोक्ता समिति चयन गरियो । विवादै विवादका विच बनेका अध्यक्षले सचिव, कोषाध्यक्ष लगायत समिति बनाउन एक हप्ता लाग्यो । १० असारमा बल्ल उपभोक्ता समितिले पुर्णता पायो र ११ गते नगरपालिकामा निर्माण सम्झौता भयो ।

कर्णाली प्रदेश सरकार अन्र्तरगत आएको सो आयोजना एक करोड खर्च गर्नुपर्ने छ । असार २० गते सम्म एक करोड खर्च गरि सक्नु पर्ने नियम छ । एक करोड सकाउनकै लागि रातदिन नभनि काम भइरहेको छ । दश दिनमा एक करोड खर्च गर्दा योजनाको गुणस्तर कस्तो बन्ला रु गत वर्ष पनि रंगशाला निर्माणका लागि आएको एक करोड वजेट जनताको आँखामा छारो हालेरै सकिएको थियो ।

गएको वर्ष स्काभेटरले काम गरेर कामदारको नक्कली हाँजीर देखाएर उपभोक्त्ता समितिका अध्यक्ष र पधाधिकारिहरुले कामै नगरि एक करोड रकम लिएको स्थानियको आरोप छ । यसपाली पनि गर्त वर्षकै रित दोहोरिने स्थानिय रनबहादुर वमको गुनासो छ ‘हामीले जग्गा त दियौं तर, समितिमै राखेनन् डोजरबाट काम गरेर कामदारको नक्कली सूची बनाएर पैसा खाए, मुख्यमन्त्रीका नजिको हुँ भन्दै यसपाली पनि त्यहि गरे ।’ बमले भने ।


एक करोड सकाउनकै लागि रातदिन नभनि काम भइरहेको छ । दश दिनमा एक करोड खर्च गर्दा योजनाको गुणस्तर कस्तो बन्ला ? गत वर्ष पनि रंगशाला निर्माणका लागि आएको एक करोड वजेट जनताको आँखामा छारो हालेरै सकिएको थियो ।

यो त एउटा उदाहरण मात्र हो । यहाँका ९ वटै स्थानिय तहमा प्रदेश सरकार र संघिय सरकारबाट आएका योजनाहरु असारमै सम्झौता, असारमै विकास गर्ने परिपाटी सुरु भएको छ । प्रदेश सरकारले समयमै अख्तियारी नदिदा निर्माण सम्झौता समयमै गर्न नसकिएको रास्कोट नगरपालिकाले जनाएको छ । नगरप्रमुख काशिचन्द वरालका अनुसार, नगरपालिकाका योजनाहरु ८० प्रतिशत सम्पन्न हुँदा, प्रदेश र संघका योजनाहरु भर्रखर शुरु भएका छन । ‘यो हाम्रो मात्रै कमजोरी होइन, प्रदेश सरकारको पनि हो ।’ उनले भने ।

प्रदेश सरकार मार्फत आएका धेरै जसो योजनाहरुको निर्माण भर्रखर शुरु भएको छ । प्रदेश सरकार अन्र्तरगत खाँडाचक्रमा आएको ताडि देखि राराघाट सम्मको सडक निर्माण, फोरा बान्ना नैनकुन्ज सडक, जिमजेढी खानेपानी, जनजिवन मावि, दशाला माविको भवन निर्माण, लगायतका योजनाहरु असारमै सम्झौता र असारमै विकासका काम शुरु भएका छन् । विषेश अनुदान तर्फ आएको वजेट २० लाखले नगरपालिकाका ११ वटै वडाहरुमा वाख्रा वितरण गर्ने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत्र खड्क प्रसाद उपाध्यायले बताए । यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमका योजनाहरु पनि अहिले धमाधम सुरु हुन लागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार