सुर्खेत, १२ असार । कर्णाली प्रदेशमा शुक्रवार थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगतको प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुुसार शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार चार सय ३३ पुगेको छ ।
कर्णाली प्रदेश अस्पताल र पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १२, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक र जुम्लामा रहेका काठमाण्डौँ र सुर्खेतका एक÷एक जनामा कोरोना संक्रमण देखिएको छ ।
अहिलेसम्म सबै प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा बढी दैलेखमा सात सय ६० पुगेको छ । सुर्खेतमा तीन सय ४०, सल्यानमा एक सय ७७, कालिकोटमा ४७, जुम्लामा ३०, जाजरकोटमा १३, हुम्लामा दुई जना, मुगुमा तीन, डोल्पा र रुकुमपश्चिममा एक÷एक जना कोरोना संक्रमित रहेका छन् । अन्य प्रदेशका विभिन्न जिल्लाका ५९ जना रहेका छन् ।
स्तै शुक्रबार २८ जना कोरोना संक्रमणमुक्त भएर घर गएका छन् । दैलेख अस्पताल र नारायण क्याम्पसमा रहेको आइसोलेसन सेन्टरबाट नौँ जना, सुर्खेतमा रहेका विभिन्न आइसोलेसनबाट १८ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा कोरोनामुक्त भएर घर जानेको संख्या सात सय २० पुगेको छ । कोरोना संक्रमणका कारण ६ जना को मृत्यु भएको छ ।
युग संवाददाता । । १२ असार २०७७, शुक्रबार १८:२०