राज्यमन्त्री भन्छन्, ‘कानुन मिच्यो, सबै मिलेर पैसा खाँए भन्ने आरोप लगाउँछन्’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत सुर्खेतमा जन्मिएका हुन् । मन्त्रालयमा राज्यमन्त्रीको भूमिका मन्त्रीको छायाँ मन्त्रीका रुपमा हुने गर्छ । कोभिड—१९ नियन्त्रणमा सरकार चुकेको आरोप लागिरहेका बेला तालुकदार स्वास्थ्य मन्त्रालयका राज्यमन्त्री रावतसँग हेल्थआवाजका लागि भिषा काफ्लेले समसामयिक विषयमा गरेको कुराकानीः

कोभिड—१९ नियन्त्रण तथा व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयले खेलिरहेको भूमिकालाई कसरी मुल्यांकन गर्नुभएको छ ?

कोरोना हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । आफूलाई शक्तिशाली मान्ने कसैका सामु नझुकेका ठूला–ठूला राष्ट्रहरु पनि कोरोनाको सामु झुकेका छन् । हाम्रोमा पनि समस्या नै नभएका भने होइनन् । यसका व्यवस्थापकीय पक्षलाई अत्यन्त महत्वका साथ हामीले जोड दिइरहेका छौं । तर, यति गर्दागर्दै पनि चैत्र, बैशाखमा जस्तो नियन्त्रणमा थियो, हाल त्यो रहेन । हाम्रो अथक प्रयत्नका बाबजुद पनि अहिले ७ वटै प्रदेश र ७६ वटा जिल्ला कोरोनाबाट प्रभावित भएको अवस्था छ ।

कोभिड १९ सबै जिल्लामा पुगिसक्यो । अब कसरी नियन्त्रण हुन्छ ?

मलाई लाग्छ अब त्यो अवस्था रहँदैन् । किनकी अहिलेसम्म नेपालै संक्रमित हुनेभन्दा पनि बाहिरबाट आउनु धेरै दाजुभाइ तथा दिदीबहिनीमा संक्रमण देखा परेको छ । नेपाल–भारत दुवै देशमा लकडाउन भएको बीचमा पनि उहाँहरु फर्केर आउनुभयो । कतिपय दाजुभाइ साइकल यात्रा त कोही दिल्लीदेखि पैदल यात्रा गरेरै भएपनि आउनुभयो ।

भारतले पछिल्लो चरणमा रेल सेवा चल्न दिएसँगै ठूलो संख्यामा नेपाल भित्रिनुभयो । दिनको २० देखि २५ हजार नेपाली नागरिकले नेपाल प्रवेश गर्नुभयो । कतिपय उतै संक्रमित हुनुभयो, कति एउटै ट्रेन तथा बस प्रयोग गरेर आउने क्रममा संक्रमित हुनुभयो । अर्को समस्या नाकामा आउँदा त्यहाँ पनि उचित व्यवस्थापन हुन सकेन । नेपाल सरकार र भारत सरकारको प्रधानमन्त्रीबीच भारतका रहेका नेपालीलाई त्यहाँको सरकारले उचित व्यवस्था गर्ने र नेपालमा रहेका भारतीय नागरिकलाई नेपाल सरकारले व्यवस्थित गर्ने उच्चस्तरीय सहमति पनि भएको थियो ।

तर, कार्यन्वयन हुन सकेन, धेरै नेपाली यही बीचमा आउनुभयो, त्यही कारण अहिले संक्रमितको संख्या ह्वात्तै बढेको छ । यसको नियन्त्रणमा स्वास्थ्य मन्त्रालय एवं सरकारले महवपूर्ण भूमिका खेल्दाखेल्दै पनि जति जस्तो भूमिका निर्वाह गर्नुपर्ने हो, त्यति भएको छैन । तर, अब हाम्रा प्रयत्न अझ प्रभावकारी रहन्छन् । किनकी हामीसँग सामाग्री नभएको होइन । पीसीआर परीक्षणको संख्यामा पनि हिजोका दिनभन्दा आज धेरै संख्यामा गरिरहेका छौं । अहिलेसम्म बाहिरबाट आएकाहरुमा धेरै संक्रमण देखिएको छ, समुदायमा फैलिएको छैन । यो फैलन पाएन भने चाडै नियन्त्रणमा आउँछ ।

बाहिरबाट आएका संक्रमितलाई क्वारेन्टाइनमै रोक्न सकिए कोरोना संक्रमण समुदायमा जाँदैन भन्ने सरकारको बुझाइ हो ?

संक्रमण रोक्न हाम्रो प्रयत्न भइरहेको छ । हिजोका दिनमा दैनिक २०र२५ हजारको संख्यामा नागरिक नेपाल भित्रिनुभयो । त्यो संख्या घटेर आजको दिनमा हेर्ने भने ३र४ हजारभन्दा कम हुँदैछ । अहिलेकै संक्रमितलाई व्यवस्थित ग¥यौ र बहिरबाट आएकालाई व्यवस्थित गर्न सक्यौ, मापदण्ड अनुरुप राख्न सक्यौ, क्वारेन्टाइन व्यवस्थापन गर्न सक्यौ भने हाम्रो देशमा कोरोनालाई कमजोर बनाउन सकिन्छ । अब व्यवस्थापकीय पाटोलाई बढी ध्यान दिनुपर्छ । संक्रमितको संख्या हाल नेपालमा १० हजार क्रस भइसकेको छ । विभिन्न मानिसले विभिन्न धारणा राख्नु स्वभाविकै हो । विज्ञहरुकाअनुसार यहि स्पीडबाट हामी अघि बढ्न सक्यौ र बाहिरबाट भित्रिने हाम्रा नागरिकलाई सही व्यवस्थापन र परीक्षण गर्न सक्यौ भने अबको २ महिनाभित्र धेरै देखिएतापनि त्यसपछि संक्रमण ओरालो लाग्छ ।

क्वारेन्टाइन नै कोरोनाको ‘हटस्पट’ बने । त्यसमा सरकार चुकेको देखिन्छ नि ?

होइन, सरकार चुकेन । हाम्रो परिस्थिती चुकेको हो । हाम्रो देशको अवस्था, परिस्थिति के हो रु हामी कुन ठाउँमा उभिएका छौ रु भन्ने कुन पहिले ध्यान दिन जरुरी छ । चाहे सडकमा हाम्रा युवा साथीहरुले गरिराखेको नाराबाजीका कुरा होस्, चाहे आरडिटी बेठिक छ भनिरहेको कुरा होस् । काठमाडौंको सन्दर्भमा हामीलाई व्यवस्थापनमा गाह्रो छैन । यहाँ स्रोत साधन सहज रुपमा जुटाउन सकिन्छ । जस्तो चीनबाट ल्याइएकालाई हामीले भक्तपुर खरिबोटमा राख्यौ । जाने बेलामा ‘हाई हाई नेपाल सरकार, जय जय ओली सरकार’ भन्दै जानुभयो । राजधानीको ३ वटा जिल्लाभित्र हामीसँग प्रशस्त मात्रामा सरकारी भवनहरु पनि छन् ।

आवश्यक पर्दा होटलहरुको व्यवस्था पनि छ । तर, यहि कुरा इलाम, दार्चुला र पाँचथरको कुनै जिल्लाको गाउँमा हामी व्यवस्था गर्न सक्दैनौ । यो त हामीले स्वीकार गर्नुपर्छ । हाल हामीले जहाँ जे उपलब्धता छ, त्यही उपयोग गरिरहेका छौं । यो हामीले मात्र नभएर ३ तहका सरकारबीचको समन्वयबाट सम्भव भएको हो । केन्द्रबाट बजेट पठाएपनि यसको व्यवस्थापन स्थानीय तहको सरकारले गरेको छ । मैले चितवन तथा बाँकेको दशगजामा भएको लगभग १ सय ५१ जना रहेका क्वारेन्टाइनहरु हेरे । त्यसपछि म जाजरकोट पुगे । त्यहाँ स्थानीयहरुद्वारा नै निर्मित क्वारेन्टाइन हेरे । यस्तै सल्यानमा नगरपालिकाद्वारा निर्मित र आफ्नै जिल्ला सुर्खेतमा पनि गए । सामाजिक दूरीलाई कायम गर्ने कुरालाई सबैले ध्यान दिनुभएको थियो । तर, ठ्याक्कै अलग हुनुपर्ने कोठा, शौचालय, साबुन पानीको सन्दर्भमा भन्नुपर्दा हाम्रो देशको अवस्था के हो भनेर हामी सबैले बुझेका छौं । हामी यस विषयमा अत्यन्तै धेरै संवेदनशील छौं ।

सरकार काम भइरहेको छ भन्ने जनस्तरबाट आलोचना सुनिन्छ । किन विरोधाभास ?

नेपालमा हरेक कुरामा सकारात्मक ढंगले परिस्थितिको विश्लेषणभन्दा पनि धेरै कुरा नकारात्मक ढंगले हुने गरेको छ । सायद यसमा हिजोको राज्यव्यवस्थाप्रतिको हेराइ परिवर्तन नभएर होला । वि।सं। २००७ सालमा व्यवस्था परिर्वतन भयो, ०४६ सालमा पनि परिवर्तन भयो । जनताले सधैं साथ दिएका छन् । ०४६ सालकै परिवर्तनले पनि खासै उपलब्धि हुन सकेन । यस्तै ६२र६३ मा ऐतिहासिक जनआन्दोलन भयो । त्यसबाट हामीले एउटा शासन व्यवस्थाको स्थापना गर्‍यौँ र धेरै चीज प्राप्त गरेका छौं ।

यस्तै विं।सं २०७२ मा संविधान जारी भइसकेपछि धेरै उपलब्धि भएका छन् । तर, अहिले पनि हाम्रो समाजमा अझै पनि विरोध मात्र गर्ने संस्कार छ, राम्रा चिज पनि देख्न सकेका छैनौं । सही तरिकाले व्यवस्थापकिय कुरा लागु गर्ने अवस्थामा कही कतै कमी भएको हुनसक्छ । पछिल्लो समय खाली विरोधका निम्ति विरोध हुने क्रम बढेको छ । सकारात्मक ढंगले विरोध हुँदैन, सकारात्मक सुझाव सल्लाह हुँदैन । स्वभाविक कुरा के हो भने चित्त त दुनियाँमा सबैको बुझ्दैन्, अनि धेरैजसो मान्छ ‘ए हो कि क्या हो र हो, हो’ मिलाएर विरोधका आवाज उठाएको पनि देखिन्छ ।

युवाहरुले आरडिटी बन्द गर्नुपर्नेजस्ता मागहरु उठाएका छन् नि ?

सुझाव सल्लाह दिए हुन्थ्यो । सडकमै आएर संक्रमणको जोखिम बढाउने परिपाटी राम्रो होइन् । युवा साथीहरु जोश निकालेर ‘सरकार होसियार, यो आरडिटी चाहिदैन’ भनिरहेका छन् । यही कुरा एउटा सिस्टममा बसेर पनि भन्न सकिन्छ नि । हाम्रा बीचमा पनि छलफल भइरहेको छ । हामी विज्ञहरुसँग पनि आरडिटी कति ठिक कति बेठिक भन्नेबारे छलफलमा छौं । सरकारले सुनिरहेको छ । तर, ४र५ सय जनाको हुलमा १र२ जनामात्रै संक्रमित हुनुभएको छ भने त्यसपछि आउने परिणाम के हुन्छ रु यसबारेमा आन्दोलन गर्न सडकमा उत्रेका साथीहरु ख्याल गर्नुपर्छ ।

सरकारले कामै गरेन भन्ने आरोप पनि त छ नि ?

सुरुवातमा हामीसँग टेकुमा एउटा मात्र प्रयोगशालाबाट परीक्षण हुन्थ्यो । पहिलो परीक्षणका लागि त हामीले स्वाब हङकङ पठाउनुप¥यो । तर, अहिले हामीले २२ ठाउँमा चेकजाँच गरिरहेका छौं । पहिले १ जनाको परीक्षण गर्न विदेश पठाउनुपथ्र्यो भने अहिले दिनमा ७ हजार जनाको परीक्षण गर्ने क्षमता छ । त्यसको क्षमता वृद्धितर्फ लागि रहेका छौं । र, हिजो हामीसँग कही कतै सामाग्री थिएन, पीपीई थिएन । ज्वरो नाप्न थर्मामिटर पनि थिएन । आज सबै ठाउँमा पुगेको छ ।

एयपोर्टमा फरक किसिमबाट ज्वरो नापिन्छ । त्यस्तो प्रविधि हामीले ल्याएका छौं । हामीले पीसीआर र आरडिटी दुवैको परीक्षण दायरा बढाइ रहेका छौ । कोरोनालाई रोक्न सबैको साथ चाहिन्छ । यसै मिडियामार्फत फेरि के पनि अनुरोध गर्न चाहे भने सामाजिक दूरी कायम राख्न मन्त्रालयले दिएका सुझाव प्रत्येकले पालना गर्न जरुरी छ । राम्रो काममा प्रचार पनि गरिदिनुप¥यो ।


सरकारले गरेका सकारात्मक कामलाई मिडियाले प्रचार गरेनन् भन्न खोज्नुभएको हो ?

अहिले चुनाव पनि त आइसकेको छैन नि त १ जनताको यस्तो हालत छ । भोलि साढे २ वर्षसम्म त चुनाव नै हुन्न नि । अब २र४ वर्षपछि स्थानीय सरकार र प्रदेश सभाको निर्र्वाचन हुन्छ । यो रहिरहन त हुँदैन नि त । तर, अहिले २२ ठाउँमा दिनको ४र५ हजारको परीक्षण हुन्छ । त्यहि आधारमा पनि कोरोना छिट्टै नियन्त्रण हुन्छ भन्न सकिन्छ ।

अझै हामी दु्रत प्रक्रियाबाट थप मेसिन खरीद गर्दैछौ । परीक्षणको दायरा बढाउनलाई यो खरिद गर्न लागिएको हो । तर ‘सरकारले भ्रष्टाचार ग¥यो, ३५ दिने सूचना ननिकालेर कानुन मिच्यो, मन्त्री तथा विभाग सबै मिलेर यिनले पैसा खाए’ भन्ने आरोप लगाउँछन् । अझ यस्ता समाचार स्पष्ट कुरा नै नबुझी ठूला–ठूला र विश्वसनीय भनिएका पत्रिकाहरुले छाप्छन् । स्वास्थ्य मन्त्रालयले खोलेको टेन्डरमा ठूलै चक्कर चलेको छ, कमिसन खाएर भनेर लेख्छन् ।

सरकारले सही बाटोबाट काम गर्नुपर्ने दायित्व होइन् र ?

हामी नियमित प्रक्रियामा नै गर्ने तयारीमा थियौं । तर, अब एकातिर ‘आरडिटी होइन पीसीआर गर’ भनेर जुलुस गर्ने, संसदमा त्यही कुरा उठ्ने । अवस्था आएपछि चाडो गर्नुपर्ने बाध्यता सिर्जना भएको हो । यति हुँदाहुँदै पनि हामीले मानवीयतालाई प्राथमिकता दिएर काम गरिरहेका छौं । प्रक्रिया पुर्‍याउँदा ९० दिन लाग्छ । ९० दिनसम्म त कोरोना नै कहाँ पुग्छ ? त्यो अवस्थामा जनताको हालत के होला ? जनता नै नभएको देश यो दुनियाँमा कही छ ?

प्रसंग बदलौं, महामारीको अवस्थामा मन्त्रालयमा किन चाडो—चाडो जिम्मेवारी हेरफेर भइरहेको छ ?

यो कुरा उठाउनु मनासिब नै हो । हामी आएपछि मात्रै पनि ३ जना सचिव फेर्नु पर्‍यो । कामको व्यवस्थापनलाई अलि व्यवस्थित गर्नलाई पनि हो भन्ने लाग्छ । सचिव फेरबदल मन्त्रीको सिफारिसमा हुन्छ, मन्त्रिपरिषद्को निर्णय पनि हो । म राज्यमन्त्री भएको हुनाले मसँग त्यति सम्बन्ध नहोला कि रु यसअघिका सचिवसँग त मायापे्रम पनि बसाउन पाइएन्, । आएको पनि थाहा भएन र गएको पनि थाहा भएन । अहिले नयाँ सचिव लक्षण अर्याल आउनुभएको छ । उहाँसँग गफगाफ गर्दा काम गर्नुपर्‍यो भन्ने देखिन्छ ।

कर्मचारीमा पनि ब्यापक फेरबदल भयो नि ?

कर्मचारीको सरुवा नेपाल सरकारको नियमित प्रक्रिया हो । सरुवा र बढुवा हुनुलाई हामीले सामान्य ढंगले लिनुपर्छ । विकसित मुलुकमा सामान्य ढंगले लिन्छन् । तर, हाम्रो मुलुकमा यसैलाई इगो र इस्यु बनाउने गरिन्छ । हामी निर्वाचित व्यक्ति ५र५ वर्ष बदलिन्छौं, तर मान्छे २८ वर्षसम्म एकै ठाउँमा रहिरहन्छ । यस्तो पनि कहिँ हुन्छरु हामी ५ वर्षपछि अनुमोदन हुन जनताको बीचमा जान्छौं । राम्रो काम गरे फेरि अनुमोदित भएर आउँछौं, जनताको चित्त बुझाउन सकिएन भने फेरि अर्को साथी आउँछन् ।

तर, कर्मचारी एकै ठाउँमा २८र२९ वर्ष बस्ने के कारण हुन सक्छ रु त्यसको रहस्य के होला रु कर्मचारी भनेपछि त्यसको नियम, कानुन र कुन ठाउँमा जाने भन्ने कुरा त होला नि रु सुगम ठाउँमा पनि जानुपर्‍यो, दुर्गम ठाउँमा पनि जानुप¥यो । तर, कोही यहि बसेको बस्यै छन् । मैले स्वास्थ्य मन्त्रालयको मात्र कुरा गरेको होइन । त्यसकारण यो फेरबदल पनि स्वभाविक नै हो । मैले स्वास्थ्य मन्त्रालयमा कतिसम्म देखे भने माथिकोले तलकालाई स्यालुट हान्ने । स्यालुट नै नहाने पनि व्यवहारले त्यस्तो देखिने । के हो त्यसको रहस्य रु यो तौरतरिका बेठिक छ ।

सीसीएमसी र मन्त्रालयबीच विवादका कुराहरु पनि चर्चामा आइरहेका छन । किन ?

यो विषयमा विवाद किन भयो, मलाई थाहा छैन । यसबारे अन्य साथीलाई नै सोध्नुहोला । नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री, उच्चस्तरीय समितिमा उपप्रधान तथा रक्षामन्त्रीज्यूले सबैसँग समन्यव गर्नुहुन्छ । सम्मानीय प्रधानमन्त्रीज्यूले कोरोनाका सन्दर्भमा सबै राजनितिक दलसँग कसरी र के गरी जाने भन्ने विषयमा छलफल गर्नुभएको छ । विशेष गरेर उच्चस्तरीय समितिले तीन वटा तहका सरकारसँगको समन्वयमा यो(यो जिम्मेवारी भनेर विभाजन गरिदिएको छ ।

स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको आशंका गरिदैंछ नि ?

अहिलेको सरकारका विषयमा नकारात्मक कुरा त धेरै आएका छन् । विगतका सरकारमा रहेकाहरु भ्रष्टाचारका नाममा कति ठूला—ठूला काण्ड गरेर अहिले पनि कारागारमा जीवन बिताइरहेका छन् । अहिलेका सरकार वा यो लाइनका मान्छे को बस्या छन्रु कतिपय १०÷१२ वर्ष जेल बसेका मान्छेहरु पनि यही छन् । कतिपय अदालतले तोकेको जेलको सजाय काटेर आएका मान्छेहरु पनि छन् । तर, अहिलेको सरकारसँग यस्ता मान्छे छैनन् । भविष्यमा कसैले केही गर्लान्, त्यो मलाई थाहा भएन ।

मैले भ्रष्टाचार गरे भने म पनि भोलि जेल जानुपर्छ । भ्रष्टाचार न त नेपाली जनतालाई सह्यै छ न त अहिलेको सरकारलाई । न यो नवराज रावतलाई नै सह्यै छ । भ्रष्टाचारमा कोही लाग्नु भएको छ भने उहाँ फस्नु हुन्छ, फस्नेमात्र होइन्, त्यस्तो काम गर्नेलाई फसाउनु पनि पर्छ । भ्रष्टाचार बेठिक मात्रै होइन्, राष्ट्रमाथिको अपराध हो । यो कुरा सम्माननीय प्रधानमन्त्री र हामीले पनि भनेका छौ । तर, कतिपय कुरा हामीले भनेकोजस्तो नभइदिन पनि सक्छ । संरचनाका हिसाबले, अब स्वास्थ्य मन्त्रालयको म राज्यमन्त्री हुँ । यहि पनि भएको छ कि त्यो मलाई थाहा छैन । तर, मलाई अहिलेसम्म थाहा नभएको हुनाले भएको छैन भन्नुपर्छ ।

मन्त्रीज्यूसँग यहाँको समन्वयको पाटो कस्तो छ ?

हाम्रो ठिकै छ, बेठिक त हुँदै हुन्न नि । त्यहि भएर त मन्त्री र राज्यमन्त्री भइरहेका छौं ।

काम बाँडफाँड कसरी भएको छ ?

उहाँ मन्त्री नै हुनु भएको हुनाले धेरै जिम्मेवारी उहाँसँग नै छ । मैले अनुगमन गर्ने, कता के समस्या छन्, त्यो हेर्ने गरिरहेको छु । बीमा कार्यक्रम हेर्ने जिम्मेवारी पाएको छु र सन्तुष्टै पनि छु । मन्त्री नै राज्य भएपछि मन्त्री त हो तर, सुरुमा राज्य थपिएको छ । र, यो कुरालाई स्वीकार गरेर आएपछि त्यहाँ जे छ त्यो ठिक छ भन्ने पक्षमा छु । तर, म जहाँ र जुन अवस्थामा भएपनि काम गरेर देखाउँछु । म वडा सदस्यबाट निर्वाचित भएर आएको व्यक्ति हुँ । म त्यहाँबाट यहाँसम्म राम्ररी काम गरेर नै आइपुगे । पार्टीले विश्वास गर्‍यो । मैले राम्रो, असल र जनताको पक्षमा काम गरेपछि भोलि पार्टी र जनताले विश्वास गर्लान्, त्यो त मैले बुझ्नुपर्‍यो नि । त्यसैले म जहाँ छु, जे छु र जे जिम्मेवारीमा छु, त्यही जिम्मेवारीमा टेकेर आफ्नो क्षमता प्रदर्शन गर्ने कुरा नै मुख्य हो ।

(हेल्थ आवाजबाट साभार)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार