क्या रमाइलो स्यार्पुताल

प्रचण्ड खत्री ।
रुकुम पश्चिम, १२ असार ।
कर्णाली प्रदेशको पर्यटकीय स्थलको रुपमा स्यार्पुताल परिचित छ । डोल्पाको सेफोकसुन्डो, कालिकोटको पचाल झरना, मुगुको राराताल पछी रुकुम पश्चिमको स्यार्पुताल परिछित भयको देखिन्छ । रुकुम पशिमको डीग्रे मन्दिर पछिको दोश्रो पर्यटकीय स्थलको रुपमा स्यार्पुताल परिचित भयको देख्न सकिन्छ । रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर ३ मा स्यार्पूताल पर्छ । स्यार्पुतालाको पूर्वमा पैयाबार, पश्चिममा स्यार्पुगेट, उत्तरमा स्यार्पुगाउ , र दछिंन पर्छ ।

रुकुम पशिममको पर्यटकीय स्थलको रुपमा परिचित स्थल हो । त्यहाँ ताल हेर्न वर्षायामा पर्यटकको गुईचो लाग्ने गर्दछन । रुकुम पशिमको रानीको रुकुम परिचित स्यार्पुतालाका धेरै खोलाहरु रहेका छन । आठाबिसकोट नगरपालिका र बाफिकोट गाउँपालिकको सिमानामा पर्ने भनभने लेकको चिसाखोलान, ढुङ्गेखोला, सिमई झरी, चिसाखोला, बौलाखोला, भालुखोला, स्यार्पुतालामा मिसिने खोलाहरु हुन् । यी खोला बर्षायाममा बढेर ठुला हुन्छन भने हिउदमा बढेर साना हुन्छन र यसले गर्दा स्यार्पुतालको बनावट १ कै किसिमको देखिने स्थानीय बुद्दिजिबि बताउछन ।

२०६० सालमा खाराखोलाबाट बाडी आयर २२ वटा घरहरु र घट्टहरु बगायर तालको स्वरूप बिगारेको स्थानीय बुद्दिजिबी प्रकाश के सीले बताए । साथै बाडीले त्यस स्थानमा रहेका पानि घट्ट समेत बगाईदियको के सीले बताए र त्यसले तालमा बनावट बिगारेको बताए । स्यार्पुताल बर्षामा बढेर ठुलो र हिउदमा घटेर सानो हुने गर्दछ ।

स्यार्पुतालको कुल छेत्रफल २६०० सय वर्गमिटर र उचाई ५ मिटर हिउदमा र बर्षामा बढेर ठुलो हुने भयकाले त्यसको उचाई पत्ता लगाउन नसकियको स्यार्पू पर्यटन बिकाश केन्द्रका अध्यक्ष खिम प्रशात पुरीले बताए । स्यार्पुतालाबाट बगेर गयको नदीको नाम दहिखोला हों र यो नदि बर्षायाममा ठुलो भयर दहि जस्तै खेखिने भयकाले यसको नाम दहि खोला राखियको हो । यहि तालबाट निक्सेको पानीले २५० मेगावाटको विधुत किकालेका छन् ।


स्यार्पू साना जलबिद्युत उपभोक्ता समितिको नामले संचालित विधुतअहिले नेपाल सरकार अन्तर्गत विधुत प्राधिकरणको स्वामित्वमा रहेको छ र यसले मुसिकोट नगरपालिका र बाफिकोट गाउपालिकाका स्थानीयलाई सेवा सुबिधा समेत प्रदान गरेको हो । प्रदेश सरकार द्दारा तालको छेवामै होम स्टेय निर्माण गरियको छ । होम स्टेयमा नेपालि तथा बिदेशी पाहुनाका निम्ति निर्माण गरियको घनमाया स्मृति प्रतिस्ठानकी महासचिब तथा जिल्ला समन्यव समितिकी उपप्रमुख ईन्द्रिरा बुढामगरले बताईंन । यसको निर्माणको जिम्मा धनमाया स्मृति प्रतिष्ठानले लियको थियो ।

दरमुकाम मुसिकोटबाट कसरि पुग्न सकिन्छ । सदरमुकाम मुसिकोटबाट पैतलको यात्रा गरेक पछी ३ घन्टामा स्यार्पू पुग्न सकिन्छ र मुसिकोटबाट साना गाडी तथा २ पांग्रे साधनको यात्रा २० किलोमिटरको यात्रा गरेपछि १ घन्टामा पुग्न सकिन्छ र यात्रा गरेपछि स्यापू पुगेपछि त्यहा थुप्रै परिकारका खाना खान सकिन्छ । गाउमा बनेका अर्गानिक मकैका रोटि ढिडो, स्थानीय स्थरमा उत्पादित खानाका परिकार खान सकिने होम स्ठेय ब्यबस्थापन कर्मीले बताउछन । काठबाट निर्माण भएका ढुङ्गाबाट स्यार्पुताल अबलोकन गर्न सकिन्छ र २ वटा भ्युटावरबाट तालको अबलोकन गर्न सकिन्छ र तालमा उत्पादित माछाको स्वाद लिन सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार