डाक्टरहरु आन्दोलित

सुर्खेत, १२ असार ।
प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ओ तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै विहिवारदेखि आन्दोलन थालेका हुन् ।

उनीहरुले विहिवार अस्पतालको आकस्मिक सेवावाहेकका अन्य सेवा ठप्प पारेका छन् । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुका लागि मंसिरदेखि लागु हुनेगरी कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।

तर चालु आर्थिक वर्ष सकिन लाग्दा पनि नपाएपछि आन्दोलन गर्न बाध्य भएको प्रदेश अस्पतालका आन्दोलित डा. प्रकाश वलीले जानकारी दिए ।

‘हामीले यो भन्दा अगाडि पटक—पटक लिखित र मौखिक रुपमा सरकारलाई भत्ता उपलब्ध गराउन माग ग¥यौै तर सरकारले सुनेन,’ उनले भने, यो आर्थिक वर्ष पनि सकिन लागिसक्यो । सरकारले दिन्छु त भन्छ तर सात महिना वित्दा पनि दिन सकेको छैन । अरु स्थायी चिकित्सकहरुले भने पाइरहेका छन् । हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौं ।’ डा. वलीका अनुसार प्रदेश अस्पतालमा ८ ओ तहका २५ जना डाक्टर कार्यरत छन् । यीमध्ये एक जना मात्रै स्थायी छन् ।

तपाईको प्रतिक्रिया