सल्यानमा ८४ जनाले जिते कोरोना

सल्यान, ११ असार । सल्यानमा थप ८४ जना कोरोना संक्रमण मुक्त भएका छन् । विहिवार स्वास्थ्य सेवा कार्यालय सल्यानले ८४ जना कोरोना संक्रमण मुक्त भएको जानकारी दिएको हो ।

जिल्लाका १७३ संक्रमित मध्ये आज ८४ जना निको भएका हुन् । जसमा बनगाड कुपिण्डे नगरपालिकाका १ महिला सहित ५८ जना, बागचौर नगरपालिकाका १ जना महिला सहित ९ जना, त्रिबेणी गाउपालिकाका ५ जना, सिद्ध कुमाख गाउपालिकाका १ जना महिला सहित ३ जना, कुमाख गाउपालिकाका ३ जना, दार्मा गाउपालिकाका ३ जना, कालीमाटी गाउपालिकाका १ जना महिला सहित २ जना र कपुरकोट गाउपालिकाका १ जना रहेका छन् ।

पछिल्लो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कार्यालयका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिए । सल्यानमा यस अघि ६६ जनाले कोरोना जितेर घर फर्केका छन ।

अहिले सल्यान अस्पतालमा ५ जना, लुहापिङ आइसोलेसनमा १२ जना, बन्गाडको नयाँ आइसोलेसनमा ४ जना र मिसन अस्पताल चौरजहारीमा २ जना गरि ३२ संक्रमितहरु मात्रै आइसोलेसन रहेका छन र उनिहरूको अवस्था सामान्य रहेको छ ।


शुरुवातामा प्रदेश अस्पताल सुर्खेतमा लिइएका १३ जनाले भने कोरोना जितेर फर्किसकेका छन । स्वास्थ्य सेवा कार्यालयले आधिकारीक फेसबुक पेजमा दैनिक भएका गतिविधिको जानकारी प्रदान गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार