मनसुन थप सक्रिय, विहिवार ठूलो पानी पर्ने

सुर्खेत, ११ असार । नेपालमा मनसुन थप सक्रिय भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जानकारी गराउँदै मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भ–ूभागमा बदली भएको छ । कर्णाली प्रदेश, प्रदेश १,२,५ र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भइरहेको छ ।


यस्तै आज दिउँसो देशभर बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, प्रदेश १, २, ६, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार