दैलेखमा पीसीआर ल्याव उद्घाटन

सुर्खेत, ११ असार ।
दैलेखमा कोरोना भाइरसको परीक्षण गर्ने पीसीआर मेसिनको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमकाबीच पीसीआर मेसिनको संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले औपचारिक उद्घाटन गरेका हुन् ।

मेसिन र प्रयोगशालाको उद्घाटन गरिएपनि कोरोना परीक्षण गर्न भने अझै केही दिन लाग्ने भएको छ । दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि दैलेखमा पीसीआर मेसिन भित्र्याइएको थियो ।

नारायण नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको एक करोड ६ लाखको रकम कटौती गरी पीसीआर मेसिन र प्रयोगशालाका आवश्यक सामग्री जिल्ला भित्र्याइएका थिए ।

तपाईको प्रतिक्रिया