शान्नित्रिवेणी गाउँपालिकाको सातौं गाउँसभाको उद्घाटन

तुलराज पाण्डे
कालिकोट, १० असार ।
कालिकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिकाको ७ औं गाउँसभा बुधबार उद्घाटन गरिएकोे छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाहीको अध्यक्षतामा दिप प्रज्जलन गरी औपचारिक रुपमा उद्घाटन गरिएको हो । सान्नी त्रिवेणी गाउँपालिकाको बिकास एबं बजेट प्रस्तुतसंगै निति तथा कार्यक्रम र कोभिड–१९ को मापदण्ड अनुरुप पुर्ण ब्यबस्थित रुपमा सामाजिक दुरिकायम गर्दै सम्पूर्ण वडाका जनप्रतिनिधिहरु, गाउँपालिकामा कार्यरत कर्मचारी, सुरक्षाकर्मीहरुको उपस्थिती बिच ७ आंै गाउँसभाको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहलाई ९ वटै वडाका वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले असार १० गते भनेको जनताको सुनौलो अबसरको दिन हो भन्दै भब्य रुपले स्वागत तथा शुुभकामना प्रदान गरेका थिए । सबै जनप्रतिनिधिहरुले जनताको माग र समुदायको भौतिक पुर्वाधार निर्माणमा उचित बजेट ब्यबस्थापन गर्न स्थानिय सरकारलाई आग्रह समेत गरेका छन् । सो उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाहिले यो बिशाल भिमकाय कोरोना माहामारीले केन्द्रदेखि स्थानीय तहसम्म ठुलो चुनौति निम्तायको बताउनु भयो ।

सात समुन्द्र पारिका मुलुकहरुमा सुचना र समचारमा सुन्ने गरेको कोरोना भन्ने शब्द बुधबार आफ्नै घरआगनमा आइपुग्दा सबै जना त्रसित भएका छन् । यो बिषम परिस्थितिसंग सामना गर्ने अर्कोे कुुनै बैकल्पिक उपाय नभएको सबैलाई समान ढंगले प्रभाबित बनाउँदै आइरहेको हुनाले सबैले उच्च मनोबलका साथ रहन आग्रह गर्नुभएको छ ।  उहाँले संघिय सरकार र प्रदेश सरकार बाट सिंगो बजेट २७ करोड,३८ लाख,३५ हजार आएको र यसको परिधिमा रहेर काम गर्नुपर्ने बताउनु भयो । शर्सत अनुदानमा १६ करोड ९ लाख, समानिकरण अनुदानमा ९ करोड २१ लाख, बिशेष अनुदानमा १ करोड ९६ लाख र बहुक्षेत्रिय पोषण योजनामा १२ लाख ३५ हजार रहेको छ ।
आउँदो आर्थिक बर्षमा एक घर एक धाराको निति ल्याउने, बेरोजगार नागरिकहरुका लागि अनिबार्य स्वास्थ्य बिमा कार्यक्रम ल्याउने अध्यक्ष शाहिले जानकारी दिनुभयो । गाउँगाउँमा सिंहदरबार आएको र देशमा संघियता लागु भएको जनताले आवास गरी रहेका बेला लोकतन्त्रको पुर्णपालना गरी जनताका समस्या र कामकुरा जनताकै हितमा हुुनुपर्ने गाउँपालिका उपाध्यक्ष होइजा कुमारी बुढाले बताउनुभयो ।

यो परिस्थितिमा प्रयाप्त बजेट नभएको र माथिबाट आउने बजेट पनि घटेर आउने हुदा ९ देखि १० करोड सम्म बजेट बिनियोजन हुने र बिभिन्न शाखा प्रमुखहरुले जिम्मेवार शाखाको आय–ब्ययको एकिन गरी असार १६ गते योजना तर्जुमा लगायत निति तथा कार्यक्रम प्रस्तुत गर्न अध्यक्ष शाहीले निर्देशन गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया