खाँडाचक्रको बजेट ६२ करोड २० लाख ८५ हजार

तुलराज पाण्डे
कालीकाेट, १० असार ।
कालिकोट जिल््ला खाँडाचक्र नगरपालिकाले ‘शिक्षा, स्वास्थ, रोजगार कृषि र पर्यटन खाँडाचक्रको सान’ ‘समता दिगो विकास र सुशासन हाम्रो पहिचान’ भने मूल नाराका साथ खाँडाचक्र नगरपालिकाको सातौं नगर सभा उद्घाटन गरिएको छ । खाँडाचक्र नगरपालिका नगर प्रमुख जसी प्रसाद पाण्डेको अध्यक्षतामा नगर सभा उद्घाटन गरिएको थियो ।

खाँडाचक्र नगरपालिका उप–प्रमुख बिजया विष्टले निति तथा कार्यक्रम प्रस्तुत गरेकि छन् । उनका अनुसार खाँडाचक्र नगरपालिका आर्थिक वर्ष २०७७÷७८ का लागि ६२ करोड २० लाख ८५ हजार८ सय रुपैयाको बजेट ल्याएको छ । नगर उपप्रमुख विजया विष्टले विषेश गरी कृषि क्षेत्रमा खाँडाचक्र नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बढि प्राथमिकता राखेर बजेट ल्याइएको छ ।

खाँडाचक्र नगरपालिकाले, खाद्य सुरक्षा, तथा खाद्य सम्प्रभुताको मौलिक हकलाई कार्यान्वयन गर्न नगरपालिकाका भित्रको बाँझो जग्गालाई सदुपयोग गरी कृषि क्षेत्रलाई व्यवसायिकरण गरी विकास गर्ने, किसानहरुलाई लागत सझेदारीमा गाई, भैँसी, भेडा, बाख्रा, कुखुरापालक एक कृषक समुहहरुलाई स्थानीय दाना तयार गर्नका लागि ७५५ अनुदानमा दाना मेसीन उपलब्ध गराईने, प्रर्वद्धन कार्यक्रम, साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम, ७० प्रतिशत अनुदानका मेशिन उपलव्ध गराई कृषिलाई बढिनै प्राथमिकता दिएको पाइएको छ ।

साथै वजेटमा नगरपालिका भित्रका नागरिकहरुले दुई छोरीमै बन्ध्याकरण गरेमा एक लाख पुरस्कार दिने, गत वर्षको कार्यक्रमलाई यो वर्षमा पनि निरन्तरता दिने गरी वजेट विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रमा कोभिड १९ लाई रोकथाम र न्युनिकरणका लागि आवश्यक वजेट विनियोजन गरिनुका साथै दिर्घरोगिहरुको लागि पनि आवश्यक उपचार शिविरको लागि वजेट विनियोजन गरेको छ ।


स्वास्थ विमा कार्यक्रमलाई बढी प्रभावकारी रुपमा सञ्चालन गरिने, त्यस्तै खानेपानी र सरसफाईमा पनि ऐतिहाँसिक ढुगेधारा कुवा पोखरी जस्ता पानिका मुहानको व्यवस्थापन पनि वृहत खानेपानी निर्माण गर्ने जनाइएको छ । खाँडाचक्र नगरपालिका वडा नम्बर ५ र ६ मा सञ्चालित ढडार खानेपानी र वडा नम्बर १,२,३ र ४ बृहत चुलिमालिका खानेपानी आयोजना निर्माण कार्य संचालनमा ल्याईने छ ।

खाँडाचक्र नगरपालिकामा एक वडा एक खेल मैदान निर्माण गर्न आवश्यक पहल गरिने छ । युवाहरुलाई प्रविधि विकास, सिप विकास, उद्यम विकासमा एवं उद्यमिहरुलाई अनुदान तथा प्रोत्साहन गर्ने, पिलिलाई युद्ध पर्यटकीय क्षेत्रकोरुपमा थप विकास गरिने, थोरेमा रहेको प्राकृतिक नेपालको नक्साको संरक्षण गरी प्रचार प्रसार गर्ने, प्राकृतिक, सास्कृतिक,जैविक विविधता संरक्षण प्रवद्र्धन गर्दै खाँडाचक्रमा रहेको कोटदरबार क्षेत्रमा पार्क र बाल उद्यान केन्द्र निर्माण गरिने भएको छ ।

त्यस्तै बालवालिकाहरुको हक र हितको लागि बालवालिका जोखिम कोष खडा गर्न निति तथा कार्यक्रम ल्याएको छ । पुर्वाधारतर्फ पुर्वाधार नपुगेका क्षेत्रमा विषेश गरी भवन निर्माणमा सडक, आवश्यक वजेट छुटाएको छ । उक्त कार्यक्रमको सञ्चालन खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खड्क प्रसाद उपाध्यायले गर्नुभएको थियोे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार