आयआर्जनमा जोडदिनुपर्छ : सांसद बुढा

जनता रोगार कार्यक्रमलाई प्रथामिकता

चामुण्डा (दैलेख), १० असार ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का मा करिव ४९ करोड बजेट पेश गरेको छ । बुधबार जम्बुकाँधमा उद्घाटन भएको नगरसभा चामुण्डाविन्द्रासैनी नगरपालिकालका उप–प्रमुख ताराकुमारी शाही खत्रीले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम एवम् बजेट पेश गर्नु भएको हो । आर्थिक वर्ष २०७७/०७८ मा नगरवासीको रोजगार सिर्जना गर्न नगरपालिका जनता रोजगार कार्यक्रम लागु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी एक टोल एक मैदान, एक वडा एक आयमुलक जंगल बनाईने नीतिमा उल्लेख छ ।

नगरसभामा सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले आगामी आर्थिक वर्षको बजेटमा आय–आर्जन अथात् कृषिमा प्रथामिकता दिन सुझाव दिनुभयो । समृद्धि नेपाल बनाउनका लागि संघिय सरकार र प्रदेश सरकारले कृषिलाई पहिलो प्रथामिकता दिएको र स्थानीय तहले पनि कृषिलाई उच्च प्रथामिकता दिनुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब सडक मात्र निर्माण गरेर हुदैन, कृषि उत्पादनलाई वृद्धि गरी जनताको आय आर्जन तर्फपनि ध्यान दिउ ।, ‘हाल कृषि क्षेत्रमा उत्पादन नहुदाँ सडकले धुलो मात्र दिन्छ, ‘पैसा दिदैन ।, ‘सडक खन्ने डोजरले सबै पैसा उल्टै विदेशमै लैजान्छ ।, ‘हाम्रो बजेट गाउँमै वास पठाउने गरी बजेट बनाउनुपर्छ’ उहाँले भन्नुभयो ।


शिक्षा, स्वास्थ्यलाई पनि प्रथामिकता दिनुपर्ने उहाँले सुझाव दिनुभयो । सभामा जिल्ला विकास समिति दैलेख पुर्व उपसभापति एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सदस्य सूर्यबबहादुर शाहीले उत्पादन तर्फ जोडदिनुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो , ‘अब भारत लगायतका तेश्रो देशका नागरिकहरु फर्किने संख्या दिन प्रतिदिन बढ्दै गएकाले कृषि उत्पादन लाई प्रथामिकता दिनुपर्छ ।’ यसैगरी विद्यालयको हालको संख्यालाई घटाएर गुणस्तरीय शिक्षामा जोडदिन सुझाव दिनुभयो ।

कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख एवम् सभामा अध्यक्ष सूर्यबहादुर शाहीले सुझाव सल्लाहलाई आगामी दिनमा कार्यन्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो । आगामी आर्थिक वर्ष २०७७/०७८ मा जनताले प्रत्यक्ष लाभ हुने कार्यक्रम ल्याउने बताउनु भयो । कृषि र आय आर्जन, शिक्षा खानेपानी, विद्युत र स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखि बजेट ल्याउन लागिएको उहाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार