लेकवेशी नगरपालिकाको ६० करोड बजेट तथा कार्यक्रम

सुर्खेत, १० असार ।
लेकवेशी नगरपालिकाले ६० करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बुधबारदेखी सुरु भएको सातौँ नगर सभामा नगरपालिकाकी उपप्रमुख शान्ती कुमारी छन्तेलले आर्थिक वर्ष २०७७/२०७८ को लागी ६० करोड ४० लाख ७६ हजार २ सय २२ रुपैँयाको बजेट प्रस्तुत गर्नुभएको हो । कुल विनियोति बजेट मध्य पुँजीगत तर्फ २० करोड ५६ लाख २९ हजार १५ रुपैँया र चालु खर्च तर्फ ३९ करोड ११ लाख ४४ हजार ३ सय ९२ रुपैँया विनियोजन गरिएको उपप्रमुख शान्ती कुमारी छन्तेलले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख गरिएको । त्यसै गरि विकास साझेदार संघ, संस्थाहरुको कार्यक्रम वापत ७३ लाख २ हजार ८ सय १५ रुपैँया रहेको छ ।


आगामी आ.व. २०७७/०७८ मा अनुमान गरिएको खर्चमध्ये आन्तरिक श्रोतवाट १ करोड २४ लाख २ हजार ७ सय ७७ रुपैयाँ, संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट ११ करोड ३६ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान २५ करोड ७८लाख, संघीय सरकारबाट प्राप्त राजश्व वाँडफाँड ८ करोड ७७ लाख २ हजार ६ सय ३० रुपैयाँ, संघीय सरकारबाट विशेष शसर्त अनुदान २ कारोड ४० लाख, संघीय सरकार समपुरबाट १ करोड २८ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ९९ लाख ६० हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व वाँडफाँड ७ लाख ७२ हजार र संघीय सरकारबाट प्राप्त सशर्त अनुदान (सामाजिक सुरक्षा) ७ करोड ७७ लाख ३६ हजार , परिचालन गरिने छ । साथै विकास साझेदार गैरसरकारी संघसंस्थाहरुबाट ७३ लाख २ हजार ८ सय १५ रुपैयाँ परिचालन गरिने छ । नगरपालिकाको अर्काे बैठक असार २१ गते बस्नेछ ।

तपाईको प्रतिक्रिया