बनगाडमा कोरोना नियन्त्रणका दुई हस्तीलाई सम्मान

प्रहरी इन्चार्ज खड्का र विशेषज्ञ डाक्टर थापा

दुर्गा विसी
सल्लीबजार, १० असार ।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा कोरोना महामारीमा उच्च काम गरे वापत ईलाका प्रहरी इन्चार्ज मिनवहादुर खड्का र नगरमा कोरोना महामारी नियन्त्रणमा खटिनुभएका सरुवा रोग विशेषज्ञ डाक्टर इन्द्र थापालाई सम्मानित गरिएको छ । रात र दिनमा २४ सै घण्टा निरन्तर महामारी नियन्त्रणमा जुटेको भन्दै उहाँहरु दुवै जनालाई बुधबार भएको नगर सभामा सम्मानित गरिएको छ ।

यो नगरपालिका जिल्लाको अन्य क्षेत्र भन्दा कोरोनाको वढि प्रभावित क्षेत्र समेत भएको छ । भारतबाट आउने नागरिकको अत्यधिक चाप र संक्रमित संख्या पनि झनै बढ्ने आंकलन गरिएको छ । तर पनि यस्तो समयमा ज्यानको र स्वास्थ्यको प्रभा नराखी उच्च मनोवलका साथ २४ सै घण्टा खटिरहेको भन्दै विशेषज्ञ डाक्टर थापा र प्रहरी इन्चार्ज खड्कालाई उच्च सम्मानका साथ दोषल्ला कदर पत्रसहित सम्मानित गरिएको छ ।

नगर प्रमुख गोविन्द कुमार पुनले उहाँहरुको ठुलो सहयोगले आज हामी केहि आशा पलाएको जनाउनुभएको छ । राम्रो सुरक्षासँगै स्वास्थ्य क्षेत्रको अहमभुमिकाले केही हदसम्म कोरोना नियन्त्रणमा सहयोग पुगेको बताउनुभयो । सुरक्षातर्फ पनि इप्रका सल्लीले यो महामारी मा प्रशंसा योग्य काम गरेको छ । त्यसैगरी कोरोना महामारी नियन्त्रणमा खटिनु भएका सरुवा रोग विशेषज्ञ डाक्टर थापाको प्रभाकारी योजनाअनुरुप काम अघि बढेपछि सजिलो भएको जनाइएको छ । कोरोना महामारी खटिने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी त्यसैगरी स्वास्थ शाखा प्रमुख बासुदेव पोख्रेल सबैलाई नगर प्रमुख पुनले विशेष धन्यवाद दिनुभएको छ ।

तपाईको प्रतिक्रिया