दुर्गा विसी
सल्लीबजार, १० असार ।
सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको ७ औं नगर सभाले कोभिड–१९ सँग जुध्ने नीति तथा कार्यक्रम पास गरेको छ । रोकौ महामारी, सुधारौ पूर्वाधार, प्रकृति मैत्री उत्पादन बढौं रोजगारी भन्ने मुल नाराका साथ उद्घाटन भएको छ । नगर प्रमुख गोविन्द कुमार पुनले उद्घाटन गर्नु भएको थियोे । नगर सभाले कोरोनाका कारण मृत्यु भए २५ हजार दिने भएको छ । त्यसैगरी टुहुरा बालबालिकालाई १० वर्ष सम्म मासिक ५ सय दिने भएको छ । सामुदायिक विद्यालय डिप्लोमा तह प्राविधिक धार सञ्चालन गर्न चाहे ३ लाख अनुदान दिने भएको छ ।
नगर सभामा नगर प्रमुख गोविन्द कुमार पुनले रोजगार सृजना हुने, उत्पादनमूलक क्षेत्रमा बजेट खर्चिने र कोभिडसँग जुध्ने निति तथा कार्यक्रम ल्याएको जनाउनु भएको छ । निति तथा कार्यक्रम प्रस्तुत गर्दै पुनले कोरोना नियन्त्रणमा रातदिन खट्ने सुरक्षाकर्मी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई विशेष रुपमा सम्झिएको जनाउनुभयो । कोरोनाकै कारण नागरिक जनजिवन प्रभावित भएकोले उत्पादनमूखी र रोजगारमुलक क्षेत्रमा वढि वजेट केन्द्रित रहेको छ । बजेटले कृषि, शिक्षा, स्वास्थ र रोजगारीलाई बढि प्राथमिकता दिएको छ ।
नगर उप–प्रमुख मञ्जु यरिले क्षेत्रगत निति तथा कार्यक्रमहरुको कार्यान्वयनका लागि वजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान पेश गर्नुभएको छ । कुल विनियोजन मध्ये चालुतर्फ २९ करोड ४० लाख ९६ हजार, पुँजिगत तर्फ २२ करोड ९७ लाख ६६ हजार रहेको छ । आर्थिक बर्ष ०७७÷०७८ का लागि अनुमान गरिएको खर्च व्येहोर्ने स्रोतहरु मध्ये आन्तरिक राजश्वबाट ४५ लाख, नेपाल सरकारको वित्तीय समानिकरण र शसर्त अनुदानबाट करोड ९८ लाख, राजश्व बाँड्फाँडबाट १० करोड ५९ लाख ६२ हजार, विशेष अनुदान रकम १ करोड, त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान १ करोड ३ लाख र प्रदेश सरकारको राजश्व तर्फ १० लाख १५ हजार व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ ।
यस आवमा जम्मा आय ४९ करोड १५ लाख ८७ हजार रहेको छ भने अपुग ३ करोड २२ लाख १३ हजार यस आवको वचत रकमबाट व्यहोरिने जनाएछ । सभामा प्रमुख प्रशासकिय अधिकृत मोहन खडकाले स्वागत मन्तव्य दिनुभएको थियोे भने वडा अध्यक्ष मोमत रोकाले धारणासँगै वजेट, निति तथा कार्यक्रमको सुझाव टिप्पणी गर्नुभएको थियो । ७ औ नगरसभाको सञ्चालन रोजगार संयोजक भिम पुनले गर्नुभएको थियोे । बजेटको प्राथमिकतामा विकाससँगै रोजगारिलाई बढी महत्व दिएको छ ।
युग संवाददाता । । १० असार २०७७, बुधबार २०:०८