स्वास्थ्य बिज्ञान प्रतिष्ठानका ४ जना स्वास्थ्यकर्मीमा कोरोना

सुर्खेत, १० असार ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ । अस्पताल निर्देशक मंगल रावलका अनुसार सेवा प्रवाह गरिरहेको खण्डमा संक्रमणको जोखिम बढ्ने भएकाले अर्काे सूचना जारी नभएसम्मको लागि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको छ ।

कोभिड–१९ को रोकथामका लागि गरिनुपर्ने सम्पूर्ण नियमहरू पालना गर्न अनुरोध गर्दै यस विषम परिस्थितिमा प्रत्येक नागरिकले धैर्यतापूर्वक संयमता अपनाउनु हुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार