सांसदको पास लिएर ढुङ्गा खोज्न हिडेपछि …

सुर्खेत, १० असार ।
छिन्चुबाट पक्राउ परेको डिआइपी सवारी साधान बागमती प्रदेश सांसदको भएको रहस्य खुलेको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. १० (ख) बाट प्रदेश सभामा निर्वाचित पुकार महर्जनको गाडी भएको रहस्य खुलेको हो । वागमती प्रदेश सभा सचिवालयबाट २०७७ पुष मसान्तसम्म प्रदेश सभा सदस्य पुकार महर्जनको नाममा जारी गरिएको एउटा पास देखाउँदै तीन वटा गाडी जाजरकोट पुगेका थिए । नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सांसद महर्जनको नाममा सवारी पास जारी भएको उक्त गाडी जाजरकोटमा पाइने बहुमुल्य पत्थर ढुङ्गाको खोजिमा हिडेको आशंका गरिएको थियो ।

दुई वटा भिआइपी गाडी बा १८ च ७६२१ नम्बरको हाइलेक्स र बा १५ च ३५०५ नम्बरको स्कारपियो गारी छिन्चुबाट पक्राउ परेका थिए । जाजरकोटमा पाइने बहुमुल्य पत्थर ढुङ्गा चोरी, निकासीमा प्रयोग भएको आशंकामा छिन्चुबाट सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।  एक वटा स्कारपियो र एक वटा हाइलेक्स गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपनि एउटा गाडी भने फरार भएको जनाइएको थियो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको थियो ।

गाडीको खानतलासी, चेकजाँच गर्दा गाडीमा कुनै प्रकारको सवुत प्रमाण नभेटिएपछि अनुसन्धानमा प्रहरीलाई अप्ठेरो परेको थियो । कोरोना संक्रमणको जोखिमपूर्ण स्थानहरु पार गर्दै काठमाडौंदेखि जाजरकोट पुगेर छिन्चु फर्किएका दुई वटा गाडीमा सवार ९ जनालाई नेपाली सेनाको घण्टाघर अगाडीको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका ९ जनाको आरडीटी परिक्षण गरी आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सचेत गराउँदै काठमाडौं फिर्ता पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

याे पनि पढ्नुहाेस :-

भिआइपी गाडीमा तस्कारीको आशंका

 

तपाईको प्रतिक्रिया