इप्रका सल्लीबजारले सवारी साधन नियन्त्रणमा लियो

दुर्गा विसी
सल्लीबजार, १० असार ।
ईलाका प्रहरी कार्यालय सल्लीवजारले लकडाउन समयमा जोडा नम्बरका सवारी साधनलाई कारवाही गरेको छ । मंगलबार जोड नम्बरका गुडेका मोटरसाइकलदेखि जीप, कार र ठुला सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । सरकारी नियम उलंघन गरी विजोर नम्बरको दिन जोर नम्बरका केही सवारी सडकमा गुडेपछि कारवाही थालिएको जनाएको छ ।

दिनभर ईलाका प्रहरी कार्यालय सल्लीबजारमा उक्त सवारी साधन नियन्त्रणमा लगिएको थियोे भने बेलुकी अब यस्तो कार्य नगर्ने सर्तमा कागज बनाई छाडिएको सवारी धनिले बताएका छन् । सरकारी नियम सबैलाई थाहा हँुदा हँुदै अटेरी पना देखाएकोले प्रहरी यो कार्य गर्न बाध्य भएको जनाएको छ । जोर र विजोर सबै सवारी साधान सडकमा हुइकिन थालेपछि सरकारले गरेको उर्दीलाई अटेरी नबन्न प्रहरीले सबै नागरिकलाई अपिल समेत गरेको छ ।

जोर नम्बरका दिन जोर र विजोर नम्बरका दिन विजोर सवारी साधान मात्रै सञ्चालन गर्ने भनिएपछि सबै प्रकारका सवारी गुड्न थालेका थिए । दुई दर्जन सवारीसाधनलाई नियन्त्रणमा लगि अब उपारान्त यसो नगर्ने सार्थका साथ कबुलियत नाममा छाडिएको छ ।

तपाईको प्रतिक्रिया