गुर्भाकोटका किसानलाई हाते ट्याक्टर वितरण

सुर्खेत, ९ असार । गुर्भाकोट २ मलारानीका किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । प्रदेश सांसद ठमर बिष्टको पहलमा हाते ट्याक्टर वितरण गरिएको हो ।

मालारानीको ओर्दीका पाँच जना किसान र फुलफुलेका पाँच जना किसानलाई ट्याक्टर उपलब्ध गराईएको हो । प्रदेश सरकार र स्थानीय किसानको ५० प्रतिशत उपलब्ध हुनेगरी ठमर बिष्टको पहलमा ट्याक्टर उपलब्ध गराईएको नेकपा नगर कमिटि सदस्य समाजसेवी खिम पाण्डेले जानकारी दिए ।


हाते ट्याक्टर पाएपछि किसानहरु हर्षित भएका छन् । पहिलो पटक १० जना किसानलाई ट्याक्टर उपलब्ध गराइएको र अन्य किसानलाई पनि उपलब्ध गराइने खिम पाण्डेले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार