अलपत्र परेका मजदुरको समाजसेवी चन्दद्धारा उद्दार

प्रचण्ड खत्री
रुकुम पश्चिम, ९ असार ।
रुकुम पश्चिमका समाजसेवी तथा सिस्ने हिमाल कन्ट्रक्सनका ड्राईरेक्टर हरि चन्दले अलपत्र परेका मजदुरको उद्दार गरेका छन् । समाजसेवी चन्दले कपिलबस्तुको कृष्णनगरमा अलपत्र परेका २७ जना मजदुरको उद्दार गरेका हुन् ।

उहाँले बाफिकोट गाउँपालिका वडा नम्बर ६ र ९ का २७ जना मजदुरलाई उद्दार गरेका हुन् । समाजसेवी चन्दले मजदुरलाई खाना र घर पठाउन गाडीको व्यवस्था गरिदिएको मजदुर भरत मिक्सिले बताए । उनीहरु भारतको कलकत्ता र झारखण्ड राज्यबाट घर आउँन भनि हिडेका थिए । तर लकडाउनका कारण कपिलवस्तुको कृष्णनगर बौडरमा अलपत्र परेको खबर पाएपछि उद्धारका लागि आफु गएको समाजसेवी चन्दले जानकारी दिए ।

यस अघि समाजसेवी चन्दले आफ्नो वडाका स्थानियहरुलाई मास्क, बाफिकोट गाउपालिकालाई स्वास्थ्य सामाग्री ,रुकुम पश्चिमका पत्रकारलाई सेनिट्राइजर र यान नाईन फाइफ मास्क र मेरुदण्ड पीडित स्थानीय मन बहादुर मल्ललाई नगत सहयोग गरेका थिए । उनी पूर्व स्वास्थ्यकर्मी पनि हुन् ।

तपाईको प्रतिक्रिया