कर्णालीमैत्री कानून बनाउन सांसदको सुझाव

सुर्खेत, ९ असार ।
कर्णालीका सांसदहरुले उद्योग सम्बन्धी कानून कर्णालीमैत्री बनाउनुपर्ने बताएका छन् । आइतबार प्रदेश सभामा पेस भएको ‘कणालीमा प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफल गर्दै सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

सांसद राजु नेपालीले कुनैपनि व्यापार व्यवसाय गर्ने नागरिक एवं कम्पनीलाई सहज पहुँच हुने ऐन ल्याउनुपर्ने बताइन । अर्का सांसद यज्ञबहादुर बिसीले दर्तामा शुल्क लिनुपर्ने, ईजाजत, खारेजी, कसुर तथा सजायका कुरा चुस्त बनाईपनुपर्ने भनाइ राखे ।

त्यस्तै बद्मीक्वारी बोहोराले दर्ता, ठाउँसारी, नविकरणजस्ता कुरामा हिजो काठमाडौंमा धाएजस्तो हुन नहुने र झन्झटिलो प्रक्रियाबाट उद्यमीहरुलाई मुक्त हुने गरी विधेयक ल्याउनुपर्ने बताए ।


सांसद सोशिला शाहीले साना लगानीका उद्यमीहरुलाई बल पुग्ने गरी ल्याएको ऐनले प्रदेश तथा यहाँका नागरिकहरुको हित हुने बताइन् । अर्का सांसद हिमबहादुर शाहीले विधेयकमा उल्टो छाप लगाएर सदस्यहरुलाई वितरण गरिएको भन्दै आपत्ति जनाए । उनले सरकारलाई तत्काल विधेयक फिर्ता लिन बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढाले प्रदेशसभा सदस्यहरुले उठाएको जिज्ञासाहरुको जवाफ दिँदै प्रदेशसभा सदस्यहरुबाट आएका सुझावहरुलाई समेटेर ऐन निर्माण गरिने बताए । मन्त्री बुढाले विधेयकमा भएका त्रुटिलाई सच्याइने प्रतिबद्धता जनाए । सभामुख राजबहादुर शाहीले विधेयकमाथिको सैद्धान्तिक छलफल समाप्त भएको बताउँदै विधेयकमाथि ७२ घण्टाको संशोधन निर्धारण गरिएको जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार