आइ एन एफद्वारा सिम्ता गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दुर्गा विसी ।

सुर्खेत, ९ असार ।

आइ एन एफ सुर्खेतले सिम्ता गाउँपालिकालाई आइसुलेसन वार्डमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ । आइएन एफ सुर्खेतले सर्जिकल माक्स दुई सय ५० थान, साबुन एक सय थान, स्याम्पु दुई सय ५० प्याकेट, टुथफेस र ब्रस ५० पिस, सेनिटरी प्याड २५ प्याकेट र नेल कटर ५० वटा सहयोग गरेको हो ।

गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, प्रमुख प्रशासकिय अधिकृत जनक हमाल र स्वास्थ्य शाखा संयोजक वीरेन्द्र पुनलाई आइएन एफ सुर्खेतका प्रतिनिधिले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सहयोगको लागि आइएन एफ सुर्खेतलाई सिम्ता गाउँपालिकाले धन्यवाद शापन गरेको छ

तपाईको प्रतिक्रिया