आर्थिक अभावका कारण बल्ड क्यान्सर पीडित निकिताको उपचार रोकियो, सहयोगको लागि अपिल

दुर्गा विसी ।
सल्यान, ८ असार । सल्यानकी बल्ड क्यान्सर पीडित १४ वर्षिया निकिता पुनको आर्थिक अभावका कारण उपचार रोकिएको छ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर, ३ मेल्टाकुरा निवासी ठगे पुनको १४ वर्षिया छोरी निकितालाई बल्ड क्यान्सर रोग लागेपछि उपचारमा समस्या भएको हो । पुन परिवारले निकिताको उपचारका लागि लाखौं रुपैयाँ खर्च गरिसकेका छन् ।

निकिताको बुवाले पहिले उपचारको क्रममा पाँच लाख खर्च भइसकेको र फेरी फिजियो थेरापी, रेडियो थेरापी र क्युमो थेरापी लगायतको उपचारमा पाँच लाख रुपैयाँ खर्च लाग्ने बताए। उनले सबै सम्पत्ती छोरीको उपचारमा खर्च भइसकेको भन्दै छोरीलाई बचाई दिन आग्रह गरे । उनले छोरीको उपचारका लागि सबैलाई सहयोगको अपिल पनि गरेका छन् ।


प्रभाकर मावि देवस्थलमा कक्षा १० मा अध्यायनरत निकिताको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । निकिताको सहयोगका लागि लक्ष्मी बैंक सल्लिबजारको खाता नं ०६९२०००४४७३ मा रकम जम्मा गर्न सकिनेछ । त्यस्तै, निकिताको बाबुको सम्पर्क नम्बर ९८४९७६९८५० मा फोन गर्न सक्नु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार