रुकुम पश्चिम र पूर्वका पानी घट्ट सरकारको नजरमा परेनन्

प्रचण्ड खत्री
रुकुम पश्मि, ८ असार ।
रुकुम पूर्वमा ३ स्थानीय तह छन र रुकुम पश्मिमा ६ वटै स्थानीय तहका ७५ वटा वडा रहेका छन् । धेरै जसो वडामा परापूर्बक कालदेखि पानीघट्ट प्रचलनमा आएका हुन । पुरानो परम्परागत पानी घट्ट नता राज्यको नीतिमा पर्न सफल भए, नत आधुनिकिकरण हुन सकेका छन् । कर्णाली प्रदेशको भौगोलिक विकटताले पानी घट्ट प्रचलनमा छ ।

मान्छेले बाच्नको निम्ति खेतीपाती सुरु गरी खानेकुराको कुटानपिसान गर्दै पानीघट्टको सुरुवात गरेको बुढापाखाले बताएका छन् तर जब मान्छेलाई समयलाई परिबर्तन गराउँदै गएपछी पानी घट्टको महत्व कम हुन् । गएको स्थानीय बताउँछन र रुकुम पूर्व र पश्मिका खोला किनारका छेउमा घाँसको छाप्रो देखिने सबै लोप हुन् लागेका घट्ट हुन् । ति घट्टलाई आजभोलिका युवापुस्थाले ध्यान नदिँदा महत्व कम हुँदै गएको रुकुम पूर्ब नाईगाड खोलामा घट्ट सञ्चालन गर्दै आउनुभएका ६० बर्षिय बृद्धा ओम बहादुर केसीले बताए ।

केसीले फेरी भने आजभोली देशका विभिन्न कम्पनीबाट रेडिमेड सामान आएर स्थानीय स्थरमा उत्पादित बस्तुको लोप हुन पुगेको बताए । अहिले उहाँले गाउँमा चलेको भारो मागेर दैनिकी ८ देखि १० पाथी पिठो बचत गर्ने बताउनुभयो । रुकुम पूर्वमा ३ स्थानीय तहका २९ वडा रहेका छन र ति वडाका धेरै जसो वडामा पानि घट्ट रहेको छन् । ति पानी घट्ट ब्यबस्थापनका लागि भनेर त्यहाका स्थानीय सरकारले कुनै पहल चालेको देखिँदैन र रुकुम पूर्बका ३ वटा स्थानीय सरकारले पानी घट्ट ब्यबस्थापनलाई बजेटको ब्यस्थापनलाई भनेर बजेट नआएको प्रष्ट पारे र रुकुम पूर्ब सिस्ने गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष खर्कसिङ थापाले अब आउने वडा सभाबाट आफुले पानी घट्ट ब्यबस्थापनलाई भनेर थोरै भएपनि रकम बिनियोजिन गर्ने बताउनुभयो । ८ नम्बर वडाले यस बिषयलाई बडी ध्यानमा राखी यसको ब्यबस्थापन गर्ने बताउनुभयो ।

रुकुम पश्मिका खोलानाला पहिला प्रशस्त मात्रामा पाईने पानी घट्टको महत्व कम हुँदै गएको छ । आजभोलि त्यस ठाउँ वरपर घट्टको मात्रा कम हँुदै गएको बुढापाखाले बताउँने गरेका छन् । रुकुम पश्मि तथा पूर्बका सबै स्थानीय तहमा खोलानाला प्रशस्त भयातापनि नयाँ युगको कारणले पानी घट्टको महत्व घटेको पानी घट्ट सञ्चालन गर्दै आउनुभएका बाफिकोट गाउँपालिका वडा ४ निबासी मन बहादुर केसीले बताए ।
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको धाउने बगरको खोलामा, नाईगाड खोला, भूमे गाउँपालिकाको बिभिन्न खोलामा र पुथाउत्तरगाउपालिकाको सबै वडाको खोलामा २०६० भन्दा अगाडी प्रशस्त मात्रामा पाईने घट्ट अहिने कम्प्यूटरको युग आएसंगै महत्व कम भएको स्थानीयबासी बताउँछन ।


त्यस्तै रुकुम पश्मिका बाफिकोट गाउँपालिकाको वडा नं. १ को पुमाखोला, वडा नम्बर २ को छिप्राखोला, वडा नम्बर ३ को दार्नेखोला, पानी, छिर्ना, रिमानी, वडा नम्बर ४ को बालुवाचौरा वडा नम्बर ५ को बडगाई खोला, वडा नम्बर ६ को दुली खोला, वडा नम्बर ७ को मैछु खोला, वडा नम्बर ८ को खलटाकुरा खोला वडा नम्बर ९ को भेदाखेतमा पानि घट्ट पाईन्छन । त्यस्तै मुसिकोट नगरपालिकाको ५ वटा वडा, चौरजहारी नगरपालिकाको ६ वटा वडा, सानीभेरी गाउँपालिकाको ५ वटा वडा, त्रिबेणी गाउँपालिकाको ३ वटा वडा र आठबिसकोट नगरपालिकाको धेरै जसो वडामा पहिला प्रसस्त मात्रामा थिए । तर अहिले नयाँ युबाको अनेकै कामले गर्दा पानी घट्ट लोप भैसकेको रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष खर्कसिंह थापाले जानकारी दिए ।

गाउँगाउमा बिजुली आएसंगै त्यस ठाउँका स्थानीय पिस्न घट्टे खोलातिर जाने चलन थियो । त्यस चलनलाई पछी पार्दै मानिसहरुले गाउँगाउँमा बिजुलीबाट चल्ले बिजुली घट्ट निर्माण गरी सेवासुविधाबाट नजिक भएको बाफिकोट गाउँपालिकाका अध्यक्ष धर्म बहादुर केसीले बताए ।  अहिले समय परिबर्तनसंगै युवाहरु रोजगारको लागि विदेश तिर जाने चलन बढ्न पुगेको हो र स्थानीय तहमा रहेका तर लोप हुन लागेका पानीघट्टलाई ब्यबस्थापन गर्न तपाईले के पहल गर्नुभएको छ भन्ने प्रश्नको बिषयमा उठान गर्दा जिल्ला समन्वय समितिकी उपप्रमुख इन्दिरा बुढा मगर अब आउने जिल्ला सभाबाट पश्चिम सबै वडामा १ घर १ पानी घट्टको अबधारणा ल्याई किसानहरुलाई आयआर्जनमा बृद्धी हुने बताउनुभयो ।

कर्णाली प्रदेशले बाझो जग्गा जोतौ अभियानको नियमलाई कार्यान्वयन गर्दै आफुले जिल्लाबाट हुने सबै कार्यक्रम र नीति किसानामुखी ल्याउने बताउनुभयों । त्यसै बाफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसीले अबको नीति नियम भनेको किसानको नियम हुने प्रष्ट पार्नुभयो र अबको गाउँसभाबाट पानी घट्टको निम्ति आफुले गाउँसभाबाट किसानका निम्ति भनेर एक किसान, एक पानी घट्टको अबधारणा ल्याई छिट्टै कार्यान्यन गर्ने बताए । पानी घट्ट ब्यबस्थापनका लागि ३ वटै सरकारले घ्यान दिनुपर्ने देखिन्छ । घट्ट भनेका किसानका सम्पत्ति हुन ठानेर कार्यक्रम ल्याउन जरुरी छ । पानी घट्ट ब्यबस्थापन भनेर अहिलेसम्म कसैले चासो समेत दिएका छैनन र जसले उपभोग ग¥यो त्यसैले त्यसको ब्यबस्थापन गरेका छन् । अहिलेसम्म यस बिषयमा कसैले चासो समेत गरेका छैनन । घट्ट भएन भने किसान भोगभोगै पर्ने बातावरणको सिर्जना आउन बेर लाग्ला भन्ने छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार