राज्यमन्त्री रावत क्वारेन्टाइन अनुगमनमा

सुर्खेत, ७ असार ।
गृह जिल्ला सुर्खेत अाइपुगेका नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रि नवराज रावतले क्वारेन्टाइनहरुकाे स्थलगत अनुगमन गरेका छन् । अाइतबार लेकबेशी नगरपालिकाका क्वारेन्टाइन र अाइसाेलेसनहरुकाे अनुगमन गरेका थिए । राज्यमन्त्री रावतले  नागरिकको जिऊ जोगाउनु राज्यको पहिलो दायित्व भएको बताएका छन् ।

आइतबार सुर्खेतको लेकवेशी नगरपालिकास्थित विभिन्न क्वारेन्टिन र आइसोलेनको अनुगमनपछि स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिहरुसंग कुरा गर्दै राज्यमन्त्रि रावतले उक्त कुरा बताएका हुन् । ‘जनता रहे मात्र देश रहने हो’ राज्यमन्त्रि रावतले भने,‘त्यसैले अहिलेको अवस्थामा सरकारले जनताको जिउ ज्यान सुरक्षा गर्ने कुरालाई पहिलो प्राथमिकता दिएको छ ।’

आगामी बर्षको बजेटमा पनि मौलिक हकको रूपमा रहेको स्वास्थ्यलाई पहिलो दिइएको उनले बताए । ‘नागरिक स्वस्थ्य नभइ विकास र समृद्धि हुँदैन त्यसैले नागरिकको स्वास्थ्यका लागि नेपाल सरकार गम्भीर छ’ उनले भने,‘स्थानीय सरकार प्रदेश सरकारले पनि स्वास्थ्यलाई ध्यान दिनुस ।’ उनले अहिलेको विषम परिस्थितिमा अग्रपंतीमा खटिएका स्वास्थकर्मीहरुको उचित मुल्यांकन गरिने बताए ।
लेकवेशी नगरपालिकाका मेयर गगनसिंह सुनारले क्वारेन्टिन व्यवस्थापनदेखि कोरोना प्रतिकार्यका लागि स्थानीय सरकार नै बढी जुध्नुपरेको तर संघ र प्रदेश सरकारबाट उचित सहयोग हुन नसकेको गुनासो गरे । कोरोना नियन्त्रणका लागि स्थानीय सरकारलाई सक्षम बनाउनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया