कालिकोटमा लेखा समिति गठन

तुलराज पाण्डे
कालिकोट, ७ असार ।
कालिकोट जिल्लामा संघ, प्रदेश र स्थानीय तहका लेखा कर्मचारीहरुको लेखा समिति गठन गरिएको छ । तिलक सोमै अध्यक्ष, खगेन्द्र बहादुर थापा उपाध्यक्ष, पुर्णचन्द्र काफ्ले सचिव, मानबहादुर बुढा कोषाध्यक्ष र युवराज महतारा सह–सचिव गरी ११ सदस्यीय लेखा समिति गठन गरिएको छ ।

कालिकोट जिल्लाका सरकारी कार्यालय र स्थानीय तहका गरी हाल ३० जना लेखा क्षेत्रमा कार्यरत कर्मचारी रहेको सचिव पुर्णचन्द्र काफ्लेले बताए । उनका अनुसार प्रत्येक कार्यालयका लेखाका कर्मचारीहरुलाई कुनै समस्या देखिने बित्तिकै लेखा समितिले समस्या समाधान गर्नेछ । लेखालाई कसरी परिवर्तनकारी र राम्रो बनाउने, लेखाका कर्मचारीहरुलाई एकताबद्ध गराएर लिने उक्त समितिको मुख्य उद्देश्य रहेको सचिव पुर्णचन्द्र काफ्लेले बताए ।


विगतको दिनमा लेखामाथी आइपर्ने विभिन्न समस्या सम्बन्धित कार्यालयले समाधान गरेपनि अबका दिनमा लेखा समिति अगाडी सर्ने समितिका कोषाध्यक्ष मानबहादुर बुढाले बताए । उनले भने महत्वपूर्ण कामको थालनी गरेका छौँ । अबका दिनमा लेखा कहिल्यै कमजोर हुने छैन कसैले आरोप लगाउन पाउने छैनन् हामी निष्पक्ष भएर काम गर्नेछौँ । लेखा समितिको संरक्षक कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख एवं कोष नियन्त्रक रहनेछ ।

कालीकोटमै पहिलो पटक स्थापना भएको उक्त समितिले आगामी दिनमा लेखालाई अझै मजबुद बनाउने बताइएको छ । सो समितिमा ५ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ । समितिको सदस्यमा अभिमन्यू थापा, कुम्भराज विष्ट, तुलाराम परियार, नविन पाण्डे, विरबहादुर रावत र खेमलाल पुन लगायत सल्लाहकार समिति रहेको सचिव पुर्णचन्द्र काफ्लेले युग आह्वान राष्ट्रिय दैनिकसंग बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार