प्रचण्ड खत्री
रुकुम पश्चिम, ७ असार ।
मनसुन सुरु भएसंगै कार्यालय जाने र रुकुम पश्मिका प्रमुख सडकहरु बन्द भएका छन् र बाफिकोट गाउँपालिकाको प्रमुख शहरीकरणको रुपमा चिनिएको छिनखेतबाट गाउँपालिकाको केन्द्र कोटसम्म जान बाटो अप्ठेरो भएको स्थानीय लोक बहादुर बुढाथोकीले बताए । त्यस्तैं गाउँपालिकामा आउने सबै वडा कार्यालयका बाटोहरु अबरुद्द भएको वडा नं. १० का वडा अध्यक्ष अर्जुन चन्दले बताए ।
अहिले समम बाँफिकोट गाउँपालिकाको वडा नं. १० का सबै टोलमा सडक सञ्चालसंग जोडिएको छैन र स्थानीय तहको निर्बाचन हुने बेलामा सबै दलका नेताहरुले सडक नपुगेको ठाउँमा सडक पु¥याईदिने भनिएपनी अहिलेसम्म उक्त वडामा सडक सञ्जाल नपुग्दा त्यहाँका स्थानीयहरुलाई आवत जावतमा समस्या भएको सेजे निवासी बिबेक ओलीले बताए ।
त्यस्तै गाउँपालिकाको केन्द्रसम्म जान गाउँपालिकाको लगानीमा बाफिकोट ४ फलामे गौडादेखि बाफिकोट ३ दहसम्म बाटो चौडा गराउने काम भएको गाउँपालिकाले जनाएको छ । अहिले उक्त सडक १० मिटरको चौडा गराउने काम चलिरहेको वडा नं. ४ का वडा अध्यक्ष लिलाराम बिकले जानकारी दिए । गाउँपालिकाले अहिलेसम्म सडकलाई प्राथमिकता दिएको छ । अहिले गाउँपालिकाले गाउँपालिकाको केन्द्रसम्म जोड्न सडक खनिरहेको छ र सबै वडाबाट बाहै महिना गाडी बनाउने योजना रहेको बताइएको छ ।
उता चौरजहारी नगरपालिकाले भने सबै वडाबाट गाडी चल्ने बनाएको छ र १४ वटै वडाबाट नगरपालिकाको केन्द्रसम्म सडक सञ्जालले जोडिएको छ भने चौरजहारी भ्याली, बिजेश्वरी बजार, बसपार्कको वरिपरी गराई बिल गराई गाडी चल्ने ब्यबस्था बनाएको स्थानीय पत्रकार दिल्ली खत्रीले बतायए तर त्यस आसपासमा भने पानी पर्ने बेलामा गिलाम्मे हुने गरेको छ र जहारीखोलाबाट रुकुम पश्चिमको मुसिकोट खलंगा आउने सडक भने बाटोमा पहिरो खसेको कारणले गाडी रोकिएको छ ।
युग संवाददाता । । ७ असार २०७७, आईतवार १४:०५