जनजीवन माविमा सि.सि.क्यामरा र प्रोजेक्टर जडान

तुलराज पाण्डे
कालिकोट, ७ असार ।
कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं. ३ ताडी जनजीवन माध्यमिक विद्यालयमा जिल्लामै पहिलो विद्यालय सि.सि. क्यामरा र प्रोजेक्टको सञ्चालन गरिएको छ । जनजिवन मा.वि. ताडिमाद ४ वटा सि.सि. क्यामरा र प्रोजेक्ट संचालन गरिएको छ । हाल विश्वमहामारी रुपमा फैलिएको कोरना भाइरस (कोभिड–१९) का कारण बिद्यालय सञ्चालमा नआएको अबस्थामा पनि विद्यालयको भौतिक संरचना निर्माण भइ रहेको हँुदा निगरानीका रुपमा पनि सिसि क्यामराले काम गर्ने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मण कुमार शाही (क्षितिज) ले बताए ।

विद्यालय सञ्चालनको अबस्थामा पनि शिक्षक र विद्यार्थीहरुको इमानदारिता एवंम लगनशीलता र जिम्मेवारीको प्रत्यक्ष आँकलन अनि विद्यार्थीको नियमितता र समयको मापन जस्ता विद्यालय हरेक गतिविधिको अबलोकन तथा निगरानी गर्नका लागि सो क्यामराले अत्यन्त सहयोग गर्ने उहाँले बताउनुभयो ।

विद्यालय शान्ति क्षेत्र हो उक्त क्यामरा ले सो क्षेत्र भित्र तथा वरिपरिका समुदायमा पनि हिंसात्मक गतिबिधिको भए नभएको अनुमान गर्ने ठुलो मद्धत गर्ने अध्यक्ष शाहीले बताए । जसरी एउटा ढोकामा सानो ताल्चा झुण्डाउदा जसरी पुरै कोठाको सुरक्षा हुन्छ । भन्ने यथार्थलाई आत्मसात गर्दै विद्यालयको सम्पूर्ण संरचना एवं विद्यालयको बाहिरी क्षेत्रको ताल्चाको रुपमा सि.सि. क्यामराले काम गर्ने अध्यक्ष शाहीले बताए ।

जनजिवन माविमा प्रोजेक्ट विधिबाट पनि कक्षा सञ्चालन गरिने भएको छ । प्रोजेक्ट विधिबाट कक्षा सञ्चालन गर्दा विद्यार्थीहरु नेट, इन्टरनेटबाट नयाँ (नयाँ ज्ञान सिक्नका लागि प्रोजेक्ट विधिबाट कक्षा सञ्चालन हुने भएपछि विद्यार्थीहरु अत्यन्तै खुशी भएको एक विद्यार्थीले बताए । असार १ देखि विद्यालयमा बैकल्पिक शिक्षा प्रणाली लागू गरी पठनपाठन कार्य सञ्चालन गर्ने जनजिवन माविका प्रधानध्यापक तेजबहादुर शाहिले राष्ट्रिय दैनिक युग आह्वानसंग भने नेपाल सरकारको निर्णयलाई जनजिवन माविले पनि तत्काल कक्षा सञ्चालन गर्ने प्रअ तेजबहादुर शाहीले बताए ।

तपाईको प्रतिक्रिया