खाँडाचक्रका ४०२ जनाको पिसिआरपछि घर फर्किए

तुलराज पाण्डे
कालिकोट, ७ असार ।
कालीकोट जिल्लाका ४०२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । खाँडाचक्र न.पा. वडा नं. १ पञ्चदेव मा.वि. मान्ममा रहेका २६ जना, खाँडाचक्र न.पा. वडा नं. ५ चुलिमालिका मा.वि. घोडेनामा रहेका १६८ जना, खाँडाचक्र न.पा. वडा नं. ७ कालिका मा.वि. पिलिमा रहेका २०८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा रहेका नागरिकलाई घर पठाइएको खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताए ।

विश्वमहामारी रुपमा फैलिएको कोरना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्नेका लागि खाँडाचक्र नगरपालिकाले बनाएका क्वारेन्टाइनमा रहेका भरत एव् नेपालका अन्य जिल्लाबाट आएका नागरिकलाई पिसिआर स्वाबं संकलन गरी जुम्ला पठाईएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि खुशी भएर घर फर्किएका खाँडाचक्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए ।

क्वारेन्टाइन जम्मा ४ सय २ जनाको कोरोना शंखास्पद नागरिकहरुको पिसिआर परीक्षण गरिएको छ । खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताए । उनका अनुसा असार १ गते गरिएको पिसिआर स्वाबं संकलन गरी जुम्ला पठाइएको थियो । पीसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताए । क्वारेन्टाइनमा रहेका नागरिकको पीसिआर परीक्षण गरिएको बताए ।

परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएकाले हालसम्म खाँडाचक्र नगरपालिकामा पिसिआर रिपोर्ट २ जनालाई मात्र पोजेटिभ आएको थियो । उनीहरुको पनि आइसोलेसनबाट घर फर्किसकेका छन् । खाँडाचक्र नगरपालिका नगर प्रमुख जसी प्रसाद पाण्डेले बताए । उनले भने ‘हामीले बिदेशबाट फर्किएका र संक्रमित पहिचान भएको ठाँउबाट फर्किएका नागरिकहरुलाई लक्षित गरी खाँडाचक्र नगरपालिकामा बनाइएका क्वारेन्टाइनमा राखी स्वाब संकलन गरी परिक्षण गरिसकेका छौँ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएपछि खाडाचक्र नगरपालिका कोरोना मुक्ता रहेको हाम्रो दाबी हो ।’ तर पछिल्लो समय खाँडाचक्र नगरपालिकामा रोजगारीका लागि भारत गएका फर्किन थालेपछि उनीहरुबाट कोरोना भित्रिने त्रास बढेको नगर प्रमुख पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया