योग साधना: अवको युगको आवश्यकता (विस्तृत विधि सहित)

हरि उपाध्याय/सामाजिक अभियान्ता
पृष्ठभूमि :-
वि.स. २०३६ देखि माघ १ लाई नेपालमा नागरिक तहबाट प्रस्तावित विश्व योग दिवस मनाउदै आइरहेको र सरकार संगको निरन्तर वकालतका वावजुत पनि कुनै ठोस पहल हुन् नसकेको परिप्रेक्षमा सन् २०१४ मा भारत सरकारले संयुक्त राष्ट्र संघको सभामा राखेको प्रस्तावलाई विश्वका १७५ रास्ट्रले अनुमोदन गर्दै सन् २०१५ देखि जुन २१ को दिनलाई अन्तरास्ट्रिय योग दिवस को घोसित गरिएको हो र त्यस पछि हरेक वर्ष यो दिनलाई विश्व भरि मनाउंदै आइएको छ र तत् पश्चात नेपाल सरकारले मनाउदै आएको प्रस्तावित योग दिवसलाई रास्ट्रिय योग दिवसको रुपमा घोसणा गरेको ले नेपाल मा उक्त माघ १ गतेको दिनलाई राष्ट्रिय योग दिवस र आज अन्तरास्ट्रिय योग दिवस मनाउदै आइएको छ ।

घरमै योग र परिवार संग योग भन्ने नाराका साथ आज छैटौं अन्तरास्ट्रिय योग दिवस (जुन २१) विश्वभर मनाइदै छ । विश्व कोरोना भाइरसद्वारा सिर्जित महामारीले एकातिर आक्रान्त छ भने अर्कातिर योग साधना गर्ने व्यक्तिहरुका लागि यो झनै सहज समयको रुपमा लिईने गरिएको पनि पाइन्छ । खुला आँखाले देख्न नसकिने सुष्म विषाणु, मानव जातिमा पहिलो पटक देखिएको र सरुवा प्रकृतिको भएकाले पनि यो विश्व मानवजातिका लागि ठुलो चुनौतीको विषय बनेको छ । विश्व अर्थतन्त्रमा अग्र स्थान दावी गर्ने देशहरु पनि अहिले यसको धेरै प्रभावमा परेका छन र निशास्त्र वनेका अवस्था पनि छ । विश्वमै सम्पन्न स्वास्थ्य क्षेत्र भएका भनेका देशहरुलाई पनि यस महामारीले आत्म समर्पण गर्न वाध्य वनाएको अवस्था छ तर यहि प्रकरणलाई अर्को दृस्टीबाट हेर्नेहरुले यसलाई मानवजातिको अतिवादमाथि को प्रकृतिको जवाफको रुपमा पनि विस्लेषण गर्ने गरेको पाइएको छ । विश्वकै धनि व्यक्ति “विल गेट्स” ले पनि केहि दिन अघाडी कोरोनाले विश्व मानवजगतलाई दिनखोजेको सिख र जीवनको वास्तविक महत्ववारे वारेमा मार्मिक लेख सार्वजनिक गरेका थिए ।

स्वस्थताका दुइ पद्दतिहरु प्रवर्द्धनात्मक (Preventive) र उपचारात्मक (Curative) मध्ये उपचारात्मकलाई धेरै प्राथमिकता दिदै अघाडी वढेको यो दुनियालाई यो कोरोनाको कुनै उपचार नभेटिएको अवस्थाले प्रवर्द्धनात्मक पद्दतिलाइ पूर्ण रुपले अंगाल्नुको निर्विकल्प वनाइदिएको । कसै संग जथाभावी सारीरिक घुलमिल नगर्ने, जथाभावी नखाने, घरमा उत्पादन भएका ताजा खानेकुरा राम्रो संग पकाएर खाने, निएमित योग साधना गर्ने, जति सक्दो एकान्तमा विताउने, सरसफाइमा विशेष ध्यान दिने, वाहिर बाट घर फर्किदा नुहाउने, सावुनपानीले हात धुने, अभिवादन गर्दा नमस्कार गर्ने, जाड रक्सि, माछा मासु तथा अन्य तयारि खानालाई सकभर नखाने, सरिर प्रतिरोधात्मक क्षमता अभिवृदी गर्ने जडिबुटीहरु जस्तै गुर्जो, असुराको पात, वेसार, निम, सुठो, मरिच, पिपला, तुलसी, दालचिनी आदि लाई निएमित खाने जस्ता उपायहरु लाई विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालय द्वारा सन्देस जारि गर्दै आइरहेका छन् । माथि उल्लेखित उपायहरुलाई झट्ट हेर्दा कुनै योग गुरुले आफ्नो प्रवचनमा साधकहरुलाइ दिरहेको नित्यकर्मको सुझाव जस्तो सुनिन्छ, जुन योग क्षेत्रमा हजारौं वर्षदेखि निएमित रुपमा अभ्यास हुदै आएका छन् । विश्व पुजिवादको सिकार भए संगै र भारतमा इस्ट इन्डिया कम्पनिको आगमन संगै नेपालले पनि आफ्न स्थानीय प्रवर्द्धनात्मक जीवनशैली, संस्कार र अभ्यासलाई विर्सेको देखिन्छ । यद्धपि सांस्कारिक रुपमा वाकी रहेको यो हाम्रो जीवनशैलीले हाम्रो सरिर प्रतिरोधात्मक क्षमता उच्च रहेको र सुस्त तयारिका वावजुत नेपालमा कोरोना संक्रमण नाफैलिनुको एउटा महत्वपूर्ण कारण हुनसक्ने विज्ञहरुको भनाइ रहेको छ ।

क. सैदान्तिक पक्ष :-
के हो योग ?
योगको शाव्दिक अर्थ जोड्नु, मिलाउनु अर्थात कुनै दुइ या सो भन्दा धेरै वस्तुहरुको संयोजन (Union) हो । जसअनुसार योगलाई आत्मा र परमात्माको संयोजन, नर र नारायणको संयोजन, चेतना र चराचर चैतन्य, व्यक्तिगत उर्जा र ब्रमान्डिय उर्जाको मिलन, शरीर र आत्माको मिल्न जस्ता हिसाव ले परिभाषित र बुझ्ने गरिन्छ । परिवेस र अनुभूतिका हिसावले जसरि वुझेपनि यसको वास्तविक अर्थ भनेकै कुनिया पनि व्यक्तिभित्र निहित उर्जा र व्राह्मांडमा निहित उर्जाको संयोग गरि जीवनलाई सरल वनाउने विधि या विज्ञान नै योग हो । यो प्रक्रियाले समग्रता मा कम गर्ने भएकाले मानिसको शारीरिक र मानसिक स्वस्थतामा यसको प्रत्यक्ष प्रभाव रहन्छ यसको आध्यात्मिक क्षेत्रमा मात्र नभई भौतिक क्षेत्रमा सारीरिक स्वस्थताका लागि पनि विश्वमा व्यापक अभ्यास भैरहेको छ । यहि महत्व र आवस्यकताको महसुसले संयुक्त रास्ट्र संघले सन् २०१४ मा जुन २१ लाई अन्तरास्ट्रिय योग दिवसका रुपमा घोषणा समेत गरेको छ । तर योगको भावपूर्ण विशिस्टताका वारे थोरैलाई मात्र थाहा छ, यो आफैमा वृहत जीवन दर्शन रहेको कुरा निश्चित योग आश्रम, गुरु र शिस्यहरुमा मात्रै सिमित रहेको छ ।

ऐतिहासिक पृष्ठभूमि
योगका प्रथम पर्वर्तक भागवान शिव रहेको कुरा विभिन्न शास्त्रहरुमा उल्लेख छ त्यसैले पनि उनलाई आदियोगी वा योगेस्वरका नामले समेत पुजिन्छ । भगवान शिव हुदै कपिल, श्री कृष्ण, नारद, शंकराचार्य, पतंजली, मत्स्येन्द्रनाथ, गोरखनाथ लगायतका ऋषिमुनिहरुले यसको विशिस्टता र वैज्ञानिकता माथि खोज, तप र साधना गरि आम जनमानसमा फैलायाको इतिहास छ । पछिल्लो समयमा नेपालमा योगी नाराहरिनाथ, खप्तड बाबाहरुले यसलाई जीवन्त राखे पनि नेपालमा संस्थागत रुपमा योगको अभ्यास सुसुप्त अवस्थामा रहेको थियो । विगत एक दशक यता फेरी उक्त सुशुप्त साधनालाई पाशुपत शिद्धमहायोगका रुपमा फेरी पुनर्जागरण गर्नेकाम समाधि शिद्ध महायोगी शिद्धबाबा बाट संस्थागत रुपमा देशै भरमा हजारौं युवा साधकहरु समेतको सहभागितामा भैरहेको छ ।

भगवत गीताका अनुसार योग :-
१. योग: कर्मासु कौशलम्: कामको उत्कृस्टता नै योग हो ।
२. दु:ख संयोगवियोगं योगसंज्ञितम्: जो दुखरो संसारको संयोगबाट रहित छ त्यो नै योग हो ।
३. समत्वं योगमुच्यते: समत्वभाव नै योग हो ।
त्यसैगरि योगलाई सुत्रवद्दगरि सामान्य जनजीवनमा उपयोगी र अभ्यास योग्य वनाउने योगका सर्वश्रेष्ठ व्याख्याता महर्षि पतंजलीले योगश्चित्तवृत्तिनिरोध भनेर परिभाषित गरेका छन् जसको अर्थ चित्तहरुमा रहेका विकारहरु को निवारण नै योग हो भन्ने हुन्छ ।

योगका ८ अंग :-
महर्षि पतंजली द्वारा सम्पादित यो अस्टाङ्ग योग एउटा योगको वृस्तित प्याकेजका रुपमा प्रस्तुत छ जसमा विभिन्न आठ वटा चरणमा रही योगबाट यो समग्र जीवनलाई कसरि सरल र सफल वनाउने भन्ने कुरा संलग्न छन । अन्तरंग साधना, आसन सिद्धि र समाधि शिद्ध गरि तिन वटा प्रक्रियालाई यो आठ वटा चरणद्वारा समेटिएको छ ।
१. यम (सामाजिक अनुशासन): वाहिरी व्यवहारसंग सम्बन्ध राख्ने चरित्रहरुलाई यसमा नियमन गरिएको छ । जस्तै; सत्य, अहिंसा, ब्रह्मचर्य, अस्तेत(छोरि नगर्नु), अपरिग्रह (आवस्यकता भन्दा धेरै कुनै पनि चिज संग्रह नगर्नु) आदि ।
२. नियम (व्यक्तिगत अनुशासन): शौच, सन्तोष, तप, स्वाध्याय, इश्वरप्रणीधान लाई अनुसरण गर्नु नियम भित्र पर्दछ ।
३. आसन: शारीरिक स्वस्थता र स्थिरताका लागि विभिन्न आसनहरु को माध्यमबाट गरिने अभ्यास आसन हो ।
४. प्राणायाम: प्राण (स्वास) माथि व्यवस्थित नियन्त्रण गरि मनको चंचलता र अस्थिरतालाई स्वभाविक वनाउने अभ्यास प्राणायाम हो ।
५. प्रत्याहार: इन्द्रियहरुको आलस्य र वहिर्मुखतालाई चित्तसंग स्थापित गरि दिव्य बनाउने प्रक्रियालाइ प्रत्याहार भनिन्छ ।
६. धारणा: चित्तको चंचल अवस्थालाई एकचित्त अर्थात विछिप्त अवस्थामा ल्याई कुनै एक विषयमा केन्द्रित वनाउने प्रकिया धारणा हो ।
७. समाधी: साधानको अन्तिम अवस्था जहाँ सुख या दुख ले अर्थ राख्दैनन् अर्थात समत्वभाव ले शुन्य अवस्थामा केवल धेयाकार रुपले मिसिनुलाई समाधी भनिछ ।
माथि उल्लेखित १ देखि ५ सम्म वहिरंग योग हुन् भने ५ देखि ७ अन्तरंग योग भित्र पर्दछन यसरि योग शारीरिक र आत्मिक सुद्धिका लागि उपयोगी रहेको छ ।

योगका प्रकार :-
हठ योग, मन्त्र योग, लय योग, राज योग, ग्यान योग, भक्ति योग, कर्म योग गरि योगलाई विभिन्न प्रकारका योगहरु अभ्यास गरिछ । हरेक व्यक्तिले आफ्नो शारीरिक र मानसिक अवस्था, आस्था, आवस्यकता र सहजताका आधारमा कुनै पनि या सवै योग विधिहरु अभ्यास गर्ने सक्ने सुबिधा रहेको छ ।

ख. प्रयोगात्मक पक्ष :-
नियमित अभ्यास कसरि गर्ने ?
योग आफैमा एउटा विशाल विधा हो तर यसमा भिज्दै जादा हामीले दैनिक रुपमा जान अन्जान रुपमा गरिरहेका हरेक क्रियाकलापहरु यो संग जोडिएको र अनुभूति हुदै जान्छ र तिनीहरुको सन्तुलन गर्नाले मात्रै पनि दैनिक जीवन यापन सरल र सहज हुने गर्दछ । करिव ४ वर्ष देखि गरेका केहि नियमित अभ्यासहरु र व्यक्तिगत अनुभूतिहरु वाट्दै छु :
(नोट: गोगभ्यास विहान व्रह्ममुहुर्त( सुर्य उदयभन्दा अघाडी को समय:विहान ४/५ वजे) उत्तम मानिन्छ भने कुनै पनि आसनलाई वल पुर्वक गर्नु हुँदैन आफ्नो शरीर र अस्वस्थतालाइ ख्यालमा राखी सहज रुपले या गुरुको सहि निर्देशनमा गर्नु उचित हुन्छ)
ओम उच्चारण: सुरुवातमा कम्तिमा ३ पटक ओम ध्वनी उच्चारण गर्नाले शरीरमा कम्पन पैदा भै सुशुप्त उर्जा जागृत भै हामीलाई शारीरिक र मानसिक रुपमा सक्रिय रहन यसले मदत गर्दछ ।

सुष्म व्यायाम :- कुनै पनि आसनमा प्रवेश गर्नु अघाडी शरीरका हरेक अंगहरु जस्तै( पैताला, औला, खुटा, हात, आँखा, टाउको, कम्मर आदि) लाई हल्का संग मुभ गरि चालमा ल्याउनु पर्दछ जसका लागि आफुलाई थाहा भएका सहज लाग्ने अभ्यासहरु गर्न सकिन्छ र शरीरमा हल्का ताप पैदा हुन्जेल करिव ५ देखि १० मिनेट सम्म गर्न सकिन्छ ।
वृस्तृत विधिका लागि भिडियो लिंक: https://www.youtube.com/watch?v=AAvr8iveFVg

सुर्य नमस्कार :- ७ वटा विभिन्न आसनहरुलाई १२ वटा स्टेपमा गर्ने प्रक्रिया सुर्य नमस्कार हो । यो विभिन्न विशिस्ट गुण भएका सम्पूर्ण योगासन हरु गर्न नसक्नेहरु का लागि सर्वांग लाभदायक यो विधि निकै उपयोगी छ । यसले शरीरका लगभाग सवै अंगहरुलाई समेट्दछ र हरेक आसन संग स्वासको सन्तुलन कायम गर्नु यसको महत्वपूर्ण पक्ष हो । आसनहरु क्रमागत रुपमा: (१.प्रणाम आसन, २. हस्त उत्तानासन, ३. पादहस्तासन, ४. अस्वसंचालन आसन, ५. पर्वतासन, ६. अस्टांग नमस्कार आसन, ७. भुजंगासन, ८. पर्वतासन, ९. अस्वसंचालन आसन, १०. पादहस्तासन, ११. हस्त उत्तानासन, १२. प्रणाम आसन) । कुनै अभ्यस्त गरु वा नेटमा उपलब्ध विस्वस्त गुरुबाट यसलाई गर्न सकिन्छ र शरीरमा पर्याप्त पसिना वा ताप पैदा हुन्च्जेल दोहोर्याएर (३, ५, ९, १२ …) गर्न सकिन्छ जसलाई ५ देखि १५ मिनेट समय दिन सकिन्छ । यसमा स्वासको पनि सन्तुलन कायम हुने हुनाले यसको नियमित अभ्यासले शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ ।
वृस्तृत विधिका लागि भिडियो लिंक: https://www.youtube.com/watch?v=D81stN5QWpQ

नाडी सुद्दी :-
प्राण(स्वास) वहन हुने वाहकलाई नाडी भनिन्छ त्यसैले नाडी सुद्दी भनेको ति नाडीहरु लाई सफाई गर्ने प्रक्रिया हो जसले स्वासप्रस्वास प्रणालीलाई सहज र स्वस्थ वनाउनछ र शरीरलाई उर्जायुक्त वनाईरहन मद्दत पुर्याउछ । यसका लागि सहज असन सिद्दासन या सुखासनमा बसी नाकको एउटा प्वालबाट स्वास लिने र अर्को प्वाललाई बन्द गर्ने गरिन्छ, यो प्रक्रियालाई पनि ५ देखि १५ मिनेट सम्म नियमित गर्दा स्वासप्रस्वास प्रणालीलाई सफा र सक्रिय वनाउन मद्दत गर्दछ ।
वृस्तृत विधिका लागि भिडियो लिंक: https://www.youtube.com/watch?v=MN710rC53Hc

प्राणायाम :-
जीवनको सजीवता प्राण (स्वास) संग जोडिएको हुन्छ, अधिकतम शारीरिक र मानसिक विकाररु प्राण अस्वस्थता का कारणले हुने गर्दछन । त्यसैले उक्त प्राणको प्रवाहलाई नियन्त्रण तथा सन्तुलन गरि स्वस्थ र स्वच्छ गर्ने प्रक्रिया नै प्रनायम हो । यसमा स्वास लिने (रेचक), स्वास छोड्ने (पुरक) र स्वास रोक्ने (कुम्वक) प्रक्रियाको महत्व पूर्ण भूमिका हुन्छ । कुनै पनि प्रनायमले स्वासप्रस्वासलाई स्वस्थ, मस्तिस्कलाई सुद्दी, मनलाई एकाग्र र फोक्सोलाई सक्रिय वनाउन मद्दत गर्दछ तर यसको रेचक, कुम्वक र पुरक को अनुपातमा(१६:६४:३२) ध्यान दिनु पर्ने हुन्छ । अर्थात एकभाग लिने ४ भाग रोक्ने र २ भाग छोड्ने गर्नु पर्दछ, यसलाई सजिलो को लागि मन मनमै काउन्ट गर्दा पनि हुन्छ । यो प्रक्रियालाई कम्तिमा ३ पटक गर्नु उपयुक्त हुन्छ ।

त्रिभस्त्रिका प्राणायाम :-
१. मणिपुर :- शिद्धासन या सुखासन वसेर दुई हातका औंलाहरु लाई एकापसमा क्रस गरेर दुइ पैताला अघाडी भुइमा या पैतालामा राखेर पेट (नावी) लाइ भित्र झट्का दिएर स्वास वाहिर फाल्ने प्रक्रियालाई मणिपुर भास्त्रिका भनिन्छ उक्त अवस्थामा ध्यान मणिपुर चक्र अर्थात नाविस्थानको भित्रि स्थानमा लगाउने गर्नु पर्दछ । १ मिनेट जति गरेपछी लामो सास भित्र लिएर भित्रै रोक्ने( भित्रि कुम्वक) र वाहिर छोडेर वाहिर रोक्ने (वाहिर कुम्वक) गर्नु पर्दछ, यो सम्पूर्ण प्रक्रियालाई करिव ५ मिनेट गर्नु उत्तम हुन्छ, यसलाई गर्दा पेटमा उत्पन्न हुने एसिडिक र वेसिक क्यारेक्टरलाई सन्तुलन गर्ने, पाचन प्रक्रियालाई सहज, स्वासप्रस्वास प्रणाली लाई स्वस्थ र सहज वनाउने आदि काम गर्दछ ।

२. अनाहत :- शिद्धासन या सुखासनमा वसेर दुई हातलाई मुठ्की घातीमा हाफफोल्ड गरि स्वास सहित दुवै कुइनाले एकै पटक तल तर्फ(कम्मरमा) झट्का दिने आँखा वन्द र ध्यान अनाहत चक्र अर्थान मुटुमा हुनु पर्दछ । यस प्रक्रियालाई भित्रि वाहिरी कुम्वक गर्दै ५ मिनेट सम्म गर्दा लाभदायक हुन्छ । यसले फोक्सो, स्वासप्रस्वास तथा समग्र मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्दछ ।

३. विशुद्दी :- दुवै हत्केलालाई उल्टो तर्फाबाट एक अर्कामा क्रस गरि सुल्टो तर्फबाट गर्धनको पछाडीबाट दुई कुइनाहरु चिउड़ोको मुनि तिर पर्ने गरि लक गर्ने र स्वासको झड्का संगै कुइना लाई वाहिर भित्र गर्ने, आँखा वन्द गरि ध्यानलाई घांटीमा अर्थात थाइराइड ग्लांडमा लगाउने । यसो गर्दा टाउको सिधा माथि हुन जरुरि हुन्छ र भित्रि वाहिरी कुम्वक सहित ५ मिनेट गर्दा यसले स्वर यन्त्र, थाइराइड जस्ता कुरामा सहयोग पुर्याउदछ ।
वृस्तृत विधिका लागि भिडियो लिंक: https://www.youtube.com/watch?v=TsYT02UnkMA

ध्यान :- सिद्दाशन या सुखासनमा वसेर ध्यान मुद्रामा रही आँखा वन्द गरेर र ध्यानलाई आज्ञा चक्रमा या स्वासमा लगाएर शरीरमा हुने अनुभूतिहरुलाई अवलोकन गर्ने गर्नु पर्दछ । यसो गर्दा सुरु सुरुमा निकै कठिन हुने मन झनै तीव्र रुपमा वहकिने हुने भए पनि फेरी फेरी त्यो मन लाई स्वास लगाउने गर्दा विस्तारै मनको गति घट्दै एकाग्रता बढ्ने हुन्छ । यसरि २१ दिन सम्म गर्दा यो प्रक्रियामा अभ्यस्त भई एकाग्रतामा सुधार हुने गर्दछ । यसलाई २४ मिनेट देखि ४८ मिनेट सम्म गर्नु पर्दछ । ध्यान नियमित गर्दा तनाव, रिस, राग जस्ता कुराहरुमा कमि आउदै सम्यक भाव बढ्ने, रचानात्कम विचारहरु पैदा हुने, करुणा जागृत हुने जस्ता कुराहरु अनुभूति हुने गर्दछन ।
वृस्तृत विधिका लागि भिडियो लिंक: https://www.youtube.com/watch?v=bUtrENww4pg

जप :- कुनै सिद्ध मन्त्रहरुद्वारा एक आसनमा वसी नियमित जप गर्दा कम्पनवाट उत्पन्न हुने उर्जाले शारीरिक र मानसिक सक्रिय र सन्तुलित हुन सहयोग गर्दछ । तुलसी या रुद्राक्षको १०८ संख्यामा भएको मालाको सहायताले गर्दा जपको संख्यामा एकरुपता कायम गर्न र जडिबुटीको नियमित स्पर्शबाट प्राप्त हुने उर्जाले समेत सहयोग पुग्ने हुनाले यसरि गर्दा धेरै प्रभावकारी हुने गर्दछ ।

अन्त्यमा :-
मैले माथि उल्लेख गरेका सैदान्तिक विषयहरु पतंजली पातान्जल योग प्रदिप र संस्कृत विश्वविधालय मा भएको प्राकृतिक चिकित्सा तथा योग विषयमा संलग्न विषय वस्तु बाट साभार गरिएका हुन् भने प्रयोगात्मक विषयहरु पाशुपत शिद्धमहायोग, विपस्यना ध्यान विधि वाट सिकाइने योग तथा ध्यान विधिहरुलाई अनुसरण गरि आफ्नो व्यक्तिगत अभ्यासबाट प्राप्त अनुभव सहित प्रस्तुत गरिएको छ त्यस्तै भिडियो सामाग्री यु ट्युबमा उपलब्ध पतंजली योग अभ्यास विधिलाई साभार गरिएको छ । योग साधना कुनै समस्याको समाधान या अपेक्षाको प्राप्तिका लागि गरिने उपचार होइन तर सम्यक भाव सहित निरन्तर अभ्यास गर्नाले धेरै शारीरिक र मानसिक विकारहरु आफै निवारण हुने गर्दछन ।

सूचना र प्रविधिले दिएको डिजिटल सुविधामा अभ्यस्त हाम्रा लागि यो आफुभित्र सुशुप्त रहेको उर्जालाई हेर्ने कुरा त्यति आकर्षक नहुन सक्छ, यसले दिने प्रतिफल इन्टरनेटले जस्तो तत्काल दिदैन तर जव दिन्छ दिगो र प्रभावकारी दिन्छ अनि यति प्रतिरोधक हुन्छ कि अहिले कोविड-१९ रोग लगायत अन्य धेरै रोग विरुद्ध लड्ने क्षमतालाई पर्याप्त रुपमा विकसित गर्दछ त्यसैले पनि अहिले विश्व स्वास्थ्य संगठन लगाएतका अन्य आधिकारिक संस्थाले यसलाई अभ्यास गर्न प्रोत्साहन गरिरहेका छन् ।

यो कोरोना अझै केहि समय हामी संगै रहने कुरा सजिलै आकलन गर्न सकिन्छ र केहि समयमा यसको अन्त्य अवस्य हुनेछ । धेरै ज्यान लिएर जानेछ, अर्थतन्त्रलाई ठुलै धक्का दिएर जानेछ र मानवीय दैनिक गतिबिधि लाई तहसनहसनै गरेर जानेछ । तर मावनजगतलाई हाम्रो दैनिक जीवनशैली, जीवन यापन को महत्व, भौतिक सुख सुविधा प्रतिको परनिर्भरता र स्वास्थ्य प्रतिको जोखिमका वारेमा विश्वलाई धेरै ठुलो सिख दिएर जाँदैछ । अझ नेपालिहरु लाई त हाम्रो प्राचिन जीवनसैली, ग्रामिण वस्तीको विशिस्टता, प्रतिरोधात्मक स्वास्थ्यका लागि योग साधनाको महत्व वारे निकै ठुलो ऐना देखाएको छ र हामीले हाम्रो ग्रामिण जीवनशैलि, प्राचिन चिकित्सा पद्दति, योग साधनालाई केन्द्रमा राखेर आगामी विकासका अवधारणा अघाडी सर्नु पर्ने संदेश पनि दिएर जाने छ अनि हुनेछ नेपाल पहिलो विश्व जहाँ प्राकृतिक चिकित्सा र योग साधनाको लागी विश्वले अनुसरण गर्नेछ किनकि योग साधना अवको युगको निर्विकल्प आवश्यकता हो र हाम्रो प्राचिन सम्पति ।
(लेखक :- पाशुपत शिद्धमहायोगका साधक र संस्कृत विश्वविधालय अन्तर्गत योग तथा प्राकृतिक चिकित्सा विषयका विधार्थी हुन् ।)

तपाईको प्रतिक्रिया