किसानलाई हाते ट्याक्टर

सुर्खेत, ७ असार ।
गुर्भाकोट नगरपालिका कृषिशाखाको सहयोगमा परिवर्तन महिला साना किसान कृषि संस्था गुमी सुर्खेतले सदस्यलाई हाते ट्याक्टर वितरण गरिएको छ । नगरपालिकाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा हाते ट्याक्टर वितरण गरिएको संस्थाकी प्रवन्धक दीमा राना मगर जानकारी दिइन ।


नगरपालिकामा प्रस्ताव पेश गरी ५० प्रतिशत रकम नगरपालिका तथा ५० प्रतिशत रुपैयाँ संस्थाले लगानी गरी उनीहरुलाई प्रविधि हस्तान्तरण गरिएको रानाले जानकारी दिइन् । साविकको गुमी गाविस हाल गुर्भाकोट १३ र १४ मा कार्यक्षेत्र भएको संस्थाले ४ जना किसानलाई हाते ट्याक्टर उपलब्ध गराएको रानाले जानकारी दिइन् । किसानलाई व्यवसायिक बनाउनका लागि बिभिन्न काम गर्दै आएको संस्थाले स्थानीय सरकारसंग सहकार्य गरी उनीहरुलाई आवश्यक प्रविधि उपलब्ध गराउन सफल भएको रानाले जानकारी दिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार