कर्णाली प्रदेश सभा काँग्रेस संसदद्वारा अबरुद्ध

सुर्खेत, ६ असार ।
कर्णाली प्रदेशसभा बैठक शुक्रबार अवरुद्ध गरेको भएको थियो । कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अबरुद्ध गरेको हो । कोरोना नियन्त्रण सम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव छलफल अघि नबढाइएको भन्दै कांग्रेसले प्रदेशसभाको बैठक अबरुद्ध गरेको छ । कांग्रेसले संसदीय दलले असार ४ गते संसदमा छलफलका लागि कोरोना नियन्त्रण सम्बन्धि सार्वजनिक महत्वको प्रस्ताव प्रदेशसभामा दर्ता गरेको थियो ।

तीन दिनभित्र छलफलमा ल्याइसक्नुपर्ने प्रस्ताव संसदमा अघि नबढाइएपछि बैठक अबरुद्ध पारेको हो । काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार कोरोना नियन्त्रणसम्बन्धी सार्वजनिक प्रस्ताव बिहीबार दिउँसो १ बजे संसद सचिवालयमा दर्ता भएको थियो । ‘कोरोना नियन्त्रण सम्बन्धी १७ बुँदे सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौं ।’ सांसद शाहीले भने,‘सांसदहरुको कुरा सुन्ने हिम्मत सरकारसँग नभएका कारण सार्वजनिक प्रस्तावले छलफलमा ल्याइएन ।’

कोरोना नियन्त्रणका नाममा भ्रष्टाचार भएको र विचौलीहरुको काँधमा बन्दुर राखेर सरकार चल्ने गरेको आरोप लगाएको छ । सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको तीनदिनभित्र छलफलमा आइसक्नुपर्छ । तर कार्यव्यवस्था समितिको बहुमत सदस्यको सुझावको आधारमा सभामुख राजबहादुर शाहीले प्रस्ताव छलफलमा ल्याएका थिएनन् ।

यस्तै बिहीबार पनि काँग्रेसले प्रदेशसभाका पदाधिकारी तथा समितिका अध्यक्षलगायतले चढ्दै आएको गाडी सुविधा हटाउन गरेको अर्को सार्वजनिक महत्वको संकल्प प्रस्तावपनि अघि बढाएको थिएन । कोरोना महामारीसँग लड्न सबैखाले फजुल खर्च र प्रदेशसभाका पदाधिकारी तथा सदस्यले लिँदै आएको सवारी सुविधा फिर्ता गर्नेसम्बन्धी संसद सचिवालयमा दर्ता गरेको संकल्प प्रस्ताव गरेको थियो । प्रदेशसभाको बैठक शनिबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया