CCMEP-2020 को प्रथम ई-कन्फ्रेन्स सम्पन्न
सुर्खेत, ५ असार ।
मध्य-पश्चिमाञ्चल विश्वविद्यालय (MWU) को नेतृत्वमा गठित COMBAT COVID-19 MWU EXPERT PANEL 2020 (CCMEP-2020) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञान प्रतिष्ठान (नास्ट) को संयुक्त प्रयासमा आयोजित प्रथम “Scientific Symposium on ‘Scenario and Trend Analysis of COVID-19 in Nepal” ई-कन्फ्रेन्स शुक्रबार सम्पन्न भएको छ ।
ई-कन्फ्रेन्स तथा यसको उदेश्य माथि प्रकाश तथा स्वागत मन्तव्य मध्य-पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत MICD का हेड, प्रोफेसर डा. दिनेश भुजुले गर्नुभएको थियो भने विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहद्वारा ओपनिङ रिमार्क तथा ‘COMBAT COVID-19 MWU EXPERT PANEL 2020’ बारे जानकारी तथा मध्य-पश्चिमाञ्चल विश्वविद्यालयको भूमिका बारे प्रस्तुत गर्नुभएको थियो ।
उक्त कन्फ्रेन्समा विभिन्न प्रतिष्ठित संस्थाहरुसँग आबद्ध वैज्ञानिक तथा विज्ञहरुले नेपालमा कोभिड-१९ को परिदृश्य र प्रवृति विश्लेषण सम्बन्धि प्रस्तुती तथा विचार राख्नु भएको थियो । मुख्य प्रस्तोतामा डा. राम आचार्य (Senior Engineer and Research Analyst) हुनुहुन्थ्यो भने प्रोफेसर डा. नारायण अधिकारी (Professor of Physics, Tribhuvan University) तथा प्रोफेसर डा. सुजन बाबु मरहट्टा (Epidemiologist/Professor, Nepal Open University) ले प्रस्तुती गर्नु भएको थियो । प्रस्तुती पश्चात् विज्ञहरुद्वारा कार्यक्रममा सहभागीबाट आएका विभिन्न जिज्ञासा तथा प्रश्नहरुको उत्तर दिनु भएको थियो ।
कार्यक्रमको समापनमा नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठ तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्मा द्वारा मन्तव्य राख्नु भएको थियो भने प्रा. डा. गंगा शाहद्वारा मन्तव्य सहित समापन गर्नु भएको थियो । करीब २५० बढी प्रत्यक्ष सहभागी रहेको उक्त ई-कन्फ्रेन्स मध्य-पश्चिमाञ्चल विश्वविद्यालयको फेसबुक पेज लाईभ मार्फत २००० बढीले प्रत्यक्ष रुपमा हेरेका थिए भने उक्त कार्यक्रमको प्रविधि व्यवस्थापन मध्य-पश्चिमाञ्चल विश्वविद्यालयका उप-प्राध्यापक तथा सुचना प्रविधि विज्ञ पन्चदेव भट्टले गर्नुभएको थियो ।
COMBAT COVID-19 MWU EXPERT PANEL 2020 को यो प्रथम ई-कन्फ्रेन्सद्वारा अहिलेको माहामारी, यसको प्रभाव र नेपालको भविष्य बारे गहन छलफल तथा सम्बन्धित निकायसम्म सुझाव पुर्याउने तथा आम-जनताको जिज्ञासा मेटाईएको अपेक्षा गरिएको छ।
