अनुदानको मलमा विचौलिया रोक्न प्रशासनको कडाइ

सुर्खेत, ५ असार ।
सरकारले दिने अनुदानको मलमा विचौलियाले रचाइँ गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमन तथा चेकजाँचमा कडाइ गरेको छ । अनुदानको मल विचौलिएको हातमा पुगेको समाचार युगआव्हान राष्ट्रिय दैनिक र युग न्यूज डट कमबाट प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चासो जनाएका थिए ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुदानको मल विक्रि, वितरण गर्ने कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसन सुर्खेतबाट अनुदानको मल लिने सहकारीहरुको विवरण माग गरी सार्वजनिक गर्न सुरु गरेको छ । अनुदानको मल किसानलाई वितरण गर्ने भनि कम्पनी र साल्ट ट्रेडिङबाट मल लिने सम्पूर्ण कृषि सहकारी संस्थाहरुको विवरण एक प्रति सम्बन्धित वडापालिका, एक प्रति नगरपालिका र एक प्रति जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ जानकारी पठाउन निर्देशन दिएपछि मल वितरणमा भएको अनियमितता केही रोकिने भएको छ ।

प्रशासनले सुर्खेत आउने सरकारको अनुदानको मलको वितरणमा अनुगमन तथा चेकजाँच गर्दै आएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । अनुदानको मल लिने कृषि सहकारीहरुको विवरण सम्बन्धित वडापालिका, नगरपालिकामा दिएपछि मल वितरणमा अनुगमन, मुल्याङ्कन, निरिक्षण सम्बन्धित वडापालिकाबाट समेत हुने भएको छ ।

प्रजिअ रेग्मीले भने ‘किसानको खेतवारीमा पुग्नुपर्ने मल, महंगोमा बजारमा विक्रि वितरण भएको गुनासो आएको थियो । मिडियाबाट सार्वजनिक भएपछि मल वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छौं । आवश्यकता र प्राथमिकताका आधारमा मल वितरण भए, नभएको कृषकको विवरण वडापालिका, नगरपालिका र प्रशासनले समेत अनुगमन गर्नेछ र त्यसको सार्वजनिकीकरण गर्ने दायित्व अनुदानको मल विक्रेता सरकारी निकायको हो ।’

कम्पनीले स्थानीय किसानलाई बिक्री वितरण गर्ने भनि रासायनिक मल खरिद गरी लिनेहरुको सम्पूर्ण विवरण वीरेन्द्रनगर नगरपालिका र जिल्ला प्रशासनका कार्यालयलाई बुझाउने गरेको छ । किसानलाई वितरण गर्नुपर्ने अनुदानको मल यसअघि वीरेन्द्रनगरका बजारमा व्यापारिक फर्ममा खुल्म खुल्ला विक्रि वितरण गरेको भेटिएको थियो । व्यवसायीले अनुदानको मल किसानलाई महँगोमा बिक्री गरेको समाचार प्रकाशित भएपछि प्रशासनले निगरानी बढाएको हो ।


ब्रेकिङ : कृषकको खेतबारीमा पुग्ने अनुदानकाे मल विचौलीयाको काउन्टरमा

अनुदानको मल लिने सहकारीहरुको विवरण


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार