गाडी फिर्ता सम्बन्धी संकल्प प्रस्ताव अस्वीकृत

सुर्खेत, ५ साउन ।
कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छलफलका अगाडी सारेको सवारी सुविधा फिर्ता सम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । काँग्रेसले सबैखाले फजुल खर्च र प्रदेश सभाका पदाधिकारी तथा सदस्यले लिँदै आएको सवारी सुविधा फिर्ता गर्ने सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको थियो । उक्त संकल्प प्रस्ताव कार्य व्यवस्था परामर्श समितिबाट अस्वीकृत भएको हो ।
सचिवालयमा काँग्रेसले दर्ता गरेको संकल्प प्रस्ताव सभामुख राजबहादुर शाहीले कार्यसूचीबाट हटाएको समितिमा सदस्य रहेका कांग्रेसका प्रमुख सचेतक दीनबन्धु श्रेष्ठले जानकारी दिए । काँग्रेसले कोरोना प्रकोपको कारण आर्थिक संकट उत्पन्न हुने उल्लेख गर्दै फजुल प्रकृतिका सबैखाले खर्च कटौती गरी जिम्मेवार जनप्रतिनिधि, सरकारी कर्मचारीबाट मितव्ययिता अपनाउनुपर्ने भन्दै संकल्प दर्ता गरेको थियो ।

प्रस्तावमा प्रदेशसभाका पदाधिकारी र सदस्यहरु तथा प्रदेश सरकारका पदाधिकारीले लिँदै आएको सवारीसाधन सुविधा फिर्ता गरी उक्त रकम कोरोना नियन्त्रण कार्यमा लगाउनुपर्ने संकल्प प्रस्ताव गरिएको थियो । तर संसदमा प्रवेश नपाएर संकल्प प्रस्ताव परामर्श समितिको बैठकलबाटै अस्विकृत भएको हो ।

याे पनि पढ्नुहाेस :-

सरकारी गाडी फिर्ता गरौं : संसदमा काँग्रेसको प्रस्ताव

 

 

तपाईको प्रतिक्रिया