कालीकाेटमा कर्णालीमै पहिलो रैथाने बीउ विकास बैंकको स्थापना

तुलराज पाण्डे
कालिकोट, ४ असार ।
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले कर्णालीमै पहिलो पटक रैथाने बालिमा प्रर्वदनका लागि सामुदायिक विउ विकास वैंक स्थापना गरेको छ । लोप हुदै गइरहेको कर्णालीको रैथाने बाली चिनो कागुनो, फापर जस्ता अर्गानिक खाद्य वस्तुको उत्पादनको लागि कर्णालीका दश वटै जिल्लाको लागि मध्यनजर गर्दै नगरपालिकाले रैथाने वीउ विकास बैंकको स्थापना गरेको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख पशुराम काफ्लेका अनुसार रैथाने बालीको उत्पादन हुने क्षेत्र कर्णालीमा पछिल्लो समय यसको उत्पादन घट्दै गई हाइवे्रड वीउविजनले यहाँका अर्गानिक उत्पादनमा ठुलो असर परेको हुनाले रैथाने विउ विकास बैंकको स्थापना गरिएको बताए । कर्णालीका १० वटै जिल्लालाई मध्यनजर गरी आफुहरुले वंैकको स्थापन गएिको हो । उनका अनुसार कर्णालीमै पहिलो पटक स्थापना गरिएको छ, । १० वटै जिल्लासंग समन्वय गरी कुन क्षेत्रमा कुन बाली उत्पादन हुन्छ, कुन क्षेत्रमा फलफुल उत्पादन हुन्छ, त्यसै आधारमा विउ उत्पादन गरी वितरण गर्ने बताए ।

बीउ विकास बैंकको उद्घाटन गर्दै नगरपालिका प्रमुख जसी प्रसाद पाण्डेले आफ्नो नगरपालिका कृषिमा आत्मनिर्भर बनाउने अनुरुप अर्गानिक रैथाने बीउ विकास बैंकको स्थापना गरिएको बताए । खाने चामलसमेत किनेर खाने बेला आउको भन्दै कृषिमा रैथाने बालीमा नगरपालिकाले कार्यविधिनै बनाएर यसको कार्यान्वयन तर्फ लागेको बताए । कर्णालीमा रैथाने बाली बढीनै उत्पादन हुने क्षेत्र हो । अहिले यसको उत्पादन लोप हुँदै गइरहेको छ ।


रैथाने बाली चिनो, फापर कोदो जस्ता वस्तुहरुको माग अत्याधिक बढिरहेको बेला हामीले यसको उत्पादनमा नगरपालिकाका कृषि सहकारीलाई अनुदान दिएर भएपनि यसलाई अर्गानिक हबका रुपमा विकास गर्दै जाने बताए । त्यस्तै नगर उप–प्रमुख विजया विष्टले, रैथाने बालीले चिनिएको कर्णालीमा यसको उत्पादन लोपहुनु दुखद् भएको बताइन् । अब यसको उत्पादनको लागि नगरपालिकाले पहिलो पटक लोपउन्मुख रैथाने बालिको उत्पादनमा लागेको बताइन । यस बैंकमा अब कुनै पनि बिउविजन हाइवे्रड मुक्त्त हुने र रैथाने विउविजन मात्र हुने बताइन् ।

कोरोना भाइरस संक्रमण भएका विरामीहरुलाई पनि अर्गानिक खानाले यस्तो किसिमका रोगहरुसंग लड्न सक्ने क्षमता हुने भएकाले अर्गानिक वस्तुको उत्पादनमा लागेको बहुक्षेत्रिय पोषण कार्याक्रममा प्रतिनिधि राजन पुडासैनीले बताए । यतिखेर स्थानीय सरकारले लकडाउन अर्थात बन्दाबन्दीमा तराईको चामल राहत वितरण गरेका छन् । यसको साटो यहिँ उत्पादन हुने अर्गानिक मकै, कोदो, फापर, चिनो, कागुनो, भटमास, सिमि, मास, गहत र मार्सीधान जस्तो खाद्य वस्तुको उत्पादन भइदिएको भए उत्तम हुने थियो । बैंक स्थापना कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, खड्क प्रसाद उपाध्याय, वडा नं. ३ का वडाध्यक्ष महावीर पाण्डे, वहुक्षत्रिय पोषण कार्यक्रमका संयोजक राजन पुडाशैनी लगायतको सहभागितामा विउ बिकास वैंकको स्थापना गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार