क्वारेन्टाइनका नागरिकलाई जेसीजको फलफुल वितरण

तुलराज पाण्डे
कालीकोट, ४ असार ।
कालिकोट जिल्लाका क्वारेन्टाइनमा रहेका १५८ जना नागरिकहरुलाई कर्णाली जेसीज कालिकोटले आँप, केरा वितरण गरेको छ । खाँडाचक्र नगरपालिका वडा नम्बर ५ चुलिमालिका मा.वि.घोडेनामा फलफुल वितरण गरिएको छ । उक्त फलफुल वितरण कार्यक्रममा कर्णाली जेसी सविन कुमार विष्टले अहिले विश्वनै त्रसित भएका बेला सबैलाई सरसफाईमा ध्यानदिन आग्रहसमेत गर्नुभएको थियो ।

कर्णाली जेसी सविन कुमार विष्ट, कार्यकारिणी उपध्यक्ष जेसी लक्ष्मण कुमार शाही (क्षितिज) र जेसी तुलराज पाण्डे (परिवर्तन), महासचिव जेसी हरिस वोकटी, कानुनि सल्लाहकार जेसी पुष्पराज भट्टराई, उपध्यक्ष जेसि धर्मराज शाहि, सदस्य जेसि खगेन्द्र पाण्डेसहिको टोलीको सहभागिता रहेको थियो ।

कर्णाली जेसीज कालिकोट कार्यकारीणी उपध्यक्ष जेसी लक्ष्मण कुमार शाहीले घुम्रो भाषामा कोरोना भन्ने रोग सामान्य रहेको र यसबाट बच्नका लागि नियमितरुपमा सन्तुलित भोजन खानसमेत आग्रह गर्नुभएको छ । कार्यक्रममा कर्णाली जेसिज कालिकोटका महासचिव जेसी हरिस वोगटीले अहिले परिस्थितिमा क्वारेन्टाइनमा बसेकालाई घरबारको चिन्ता भन्दा पनि रोकको चिन्ता बढी भएकाले क्वारेन्टाइनमा नै सरकारले गरेकोमा मापदण्ड अनुसार बस्न आग्रह गर्नुभएको छ ।

कर्णाली जेसिज कालिकोटका कार्यकारिणी उपध्यक्ष जेसी तुलराज पाण्डेले सामाजिक दुरीलाई प्रयोग गर्दै उनीहरुका समस्या बारे जानकारी लिन खोच्दा क्वारेन्टाइनमा रहेका खाँडाचक्र नगरपालिका वडा नम्बर ३ ताडिका राम बहादुर शाहीले क्वारेन्टाइनमा राम्रो व्यवस्थापन भएको बताए । उनले खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका र महावै गाउँपालिका क्वारेन्टाइनमा बस्दै आएको बताए ।

चुलिमालिका मा.वि.घोडेनामा क्वारेन्टाइनमा रहेका जम्मा १५८ जनाको स्वाबं संकलन गरी जुम्ला पाएको र पिसिआरको रिपोर्ट आउन बाँकि रहेको खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले वताए । उनीहरुमा खानपिन र औषधी उपचारमा कमी हुन नदिए निको भएर घरर्फकिने ईच्छा शक्ति देखिएको कर्णाली जेसीज कालिकोटका कानुनि सल्लाहकार जेसी पुष्पराज भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया