लकडाउन खुकुलो भएसंगै रुकुममा चहलपहल बढ्यो

प्रचण्ड खत्री
रुकुम पश्चिम, ४ असार ।
लकडाउनको समयभरी संधै सुनसान रहेको आएको मुसिकोट, गिलबाङ, छिनखेत, राडी सडकखण्ड अहिले चहलपहल बढेर गाडी गुड्न थालेको छ्न । अहिले दैनिक साना गाडी ५० गाडी गुड्न थालेको चालकहरू बताउँछ्न । पहाड छिचोलेर रुकुम पश्चिमको मुसिकोट खलंगाबाट छिनखेत हुँदै कर्णाली प्रदेशको हिमाली जिल्लासम्म पुग्ने सडक खण्ड अहिले गाडी गुड्न थालेपछी होहल्ला मय बनेको छ ।

नेपालमा मनसुन सुरु भएसंगै धुलोले बनेको सडक खण्ड अहिले हिलाम्मे बनेको छ । सडक हिलाम्य भएसंगै गाडी आवतजावतमा असहज भएको छ । कतै यात्रुहरुलाई नै ओर्लेर यात्रा गर्ने बाध्यता भएको आठबिसकोट नगरपालिकाका यात्रु सक्त बटलाले बताए । हरेक बर्षको झरीमा सडकमा पहिरो खसी रहन्थ्यो । सडक अबरुद्ध भएर आवातजावतमा असहज भैरहेको छ । बर्षामा हिलो र हिउँदमा धुलो उडेर असहज हुने गरेको मुहार अझै उस्तै भएको छिनखेतमा कुसारी पोलिकिलिक्क सञ्चालन गर्दै आएका डिल बहादुर कुसारीले बताए ।

मुसिकोट नगरपालिका सोलाबाङदेखि मुसिकोट नगरपालिका वडा नम्बर १ गिलबाङसम्म सडकलाई ग्राबिल बनाएको छ । उक्त सडक गत बर्ष भन्दा अहिले राम्रो र फराकिलो बनेको छ । उक्त सडक खण्डमै काहीँ बाटो फराकिलो छ भने कतै गाडी पास हुन नसक्ने भएकाले संघ, प्रदेश, र स्थानिय तहले सडक स्तरोन्नतीमा ध्यान दिनुपर्ने देखिन्छ ।


मुसिकोट, गिलबाङ , छिनखेत, राडी सडकखण्डमा साना ठुला गरेर दैनिकी २० देखि ५० गाडी चल्ले गर्छ्न तर बिश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड–१९ का कारण देश लकडाउनमा भएकाले केही महिना गाडी गुड्न सकेका थिएनन तर नेपाल सरकारले लकडाउनलाई खुकुलो बनाएसंगै गाडी गुढ्न सकेका छ्न । अहिले उक्त सडक खण्डमा सबै गाडी चल्ने गरेका गरेको स्थानीयले बताए ।

यस सडक खण्डमार्फत यात्रुहरु हिमाली जिल्ला डोल्पा पुग्न बाटो छोटो परेकाले धेरै जसो मानिसहरू यहि बाटो भएर हिड्ने गर्दछ्न । मुसिकोटदेखि राडी चल्ले गाडीहरु असारदेखि बन्द हुने गर्दछ्न । किनकी बिचमा २ वटा ठुला खोलाहरुमा पानीको मात्रा ठूलो भएर र बर्षायाममा माथीबाट पहिरो खसेर सडक पुरिएपछि ३ महिनासम्म ठप्प हुने गर्दछ्न ।

गाडीलाई १२ महिना सञ्चालन गर्न स्थानीय तहहरुले स्काभेटरको ब्यबस्था गरी जहाँ बाटो बिग्रेको छ त्यही पुगेरमर्मत गरिदिए स्थानीय सरकारलाई उत्पादन मुखी बन्न मद्दत मिल्ले थियो । बर्षामा पहिरोको जोखिमा पर्ने यश सडकलाई नियमित सञ्चालन गर्न संघ, प्रदेश, स्थानीय तहले बाटोलाई फराकिलो र पक्की हुने कुरामा बढी ध्यानदिनुपर्ने देखिन्छ । अबका दिनहरुमा पहिरोको जोखिममा केही कम हुने बिश्वास गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार