सिम्तामा किसानलाई डालेघाँस वितरण

दुर्गा विसी
सिम्ता, ४ असार ।
सुर्खेत सिम्ता गाउँपालिकामा किसानलाई डाले घाँस वितरण गरिएको छ । सिम्ता पशु सेवा कार्यालयको आयोजनामा र सिम्ता गाउँपालिकाको २ लाख आर्थिक सहयोगमा उक्त डाले घाँस वितरण गरिएको छ । १० हजार किम्बुका बिरुवा, १५ हजार सेट सुपर मेयपेर डालेघाँस, भुइँ घाँस (बहुवर्सिय) घाँसका बिरुवा वितरण गरिएको पशु सेवा शाखाका प्रमुख दिलवहादुर पुनले जानकारी दिनुभएको छ ।

करिव सिम्ताका ९ वटै वडाका कृषक, कृषि समूह, कृषि सहकारी समूह र निजि फारमहरु गरी करिब एक हजार वरावर किसानलाई उक्त घाँस वितरण हुने जनाएको छ । राकममा विहिबार किसानलाई घाँस वितरण गर्दै सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले उन्नत जातका भैंसी, बाख्रा, बोका, गाई वितरणपछि उक्त पशु चौपायाको लागि आवश्यक खेतवारीका डिलमा उम्रने घाँसहरु वितरणमा जुटेको जनाउनु भएको छ ।

सम्बृद्धिको पहिलो लक्ष्य किसानलाई आत्मनिर्भर मुखी बनाउनु गाउँपालिकाको पहिलो लक्ष्य भएको बताउनुभएको छ । पशु चौपाय वितरणपछि अब तिनलाई चाहिने आहारा पनि गाउँपालिकाले पु¥याउने जनाएको छ । हाम्रो योजनालाई सफल पार्न किसानको प्रमुख भुमिका छ । दिएको चिजलाई सहि सदुपयोग गरी उत्पादनमुखी बन्न समेत आग्रह गरिएको छ । बाह्रै महिना हुने घाँस पाएपछि किसान खुशी बनेका छन् । घाँस वितरण विहिबारबाट सुरु भएको छ ।

तपाईको प्रतिक्रिया