भिरबाट लडेर वडा सदस्यको निधन

प्रचण्ड खत्री
रुकुम पूर्ब, ४ असार ।
रुकुम पूर्बमा एक जना वडा सदस्यको निधन भएको छ । जिल्लाको भुमे गाउँपालिका ४ कि ५८ बर्सिय धनसरी कामीको भिरबाट लडेर निधन भएको भुमे गाउँपालिकाले जनाएको छ । बिहिबार हुने भनिएको गाउँसभाका लागि गाउँपालिकाको कार्यालय आउनेक्रममा दलित महिला सदस्य कामीको बुधबार साँझ लघैरा भन्ने ठाउँबाट लडेर निधन भएको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताए ।

उनी २३ मिटर तल लडेर घाईते अबस्थामा भेटिएकी र उपचारको लागि जिल्ला अस्पताल लगिँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्बका प्रबक्ता तथा प्रहरी निरीक्षक दिनेश गुरुङले बताए । उनी २०७५ सालको स्थानीय चुनाबमा नेपाली काँग्र्रेसबाट टिकट लिएर चुनाब जितेकी थिएन । बिहिबार हुने भनिएको गाउँसभा वडा सदस्य तथा गाउँसभाका सदस्य कामीको निधनले स्थगित भएको बताएको छ ।

तपाईको प्रतिक्रिया