युवामैत्री वजेट माग गर्दै ध्यानाकर्षण पत्र

दुर्गा विसी
सल्लीबजार, ४ असार ।
स्थानीय चुनाव भएको ठ्याक्कै ३ बर्ष बित्यो । यहाँका युवाहरुको मुख्य माग भनेको खेलकुद मैदान । युवामैत्री बजेटमा पनि जनप्रतिनिधिका आसेपासे हावी भएको भन्दै यहाँका युवाहरुले बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनलाई ध्यानाकर्षण पत्र पेश गरेका छन् ।

युवा लक्ष्यित वजेट कहाँ हरायो ? युवाहरुलाई कुनै पनि विकास निर्माण र युवा स्वरोजगारका कार्यक्रममा कम सहभागी बनाएको युवाको नेतृत्वकर्ता रोशनजंग क्षेत्रीले दुखेसो पोखे । स्थानीय तहमा हुने युवा लक्षित कार्यक्रमहरु नभए र भएपनि नातावाद, कृपावाद हावी भएको गुनासो छ । उनीहरुको माग युवा लक्ष्यित कार्यक्रमहरुमा युवाको सहभागीता, खेलकुद मैदान, युवा मैत्री वजेट आवश्यक रहेको जनाएको छ ।

अर्को कुरा नगरपालिकाका हरेक गतिविधि पार्दशी ढंगले कामकाज गर्न पनि युवाहरुले जोडदार माग गरेका छन् । नगर प्रमुखले उक्त ध्यानाकर्षण पत्र बुझ्दै सबै समस्या निराकरण हुने आश्वासन दिनुभएको क्षेत्रीको भनाई छ । युवालाई उपेक्षा गरे अघि बढे राम्रो नहुनेसमेत युवाहरुले संकेतिक विरोध स्वरुप ध्यानाकर्षण पत्र बुझाएको जनाएका छन् । स्थानीय स्रोत साधनलाई र जनशक्तिलाई विशेष रुपमा प्रयोग गर्न आग्रह गरिएको छ । स्थानीय तह भए यता झण्डै ३ बर्ष बित्दा समेत एउटा खेलकुद मैदान निर्माण नहुनु भनेको दुखद् पक्ष भएको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया