सिम्तामा त्रास, आत्महत्या गरेकी किशोरीमा कोराना

दुर्गा विसी
सुर्खेत, ३ असार ।
सुर्खेतको सिम्ता गाउँपालिकामा २ दिन अघि आत्महत्या गरी मृत्यु भएकि एक महिलाको रिपोर्ट भने कोराना पोजेटिभ देखिएको छ । सिम्ता गाउँपालिका वडा नं. ८ डाँडाखाली निवासी बर्ष २५ कि महिला रुखमा झुन्डिएको संकास्पद अवस्थामा भेटिएको थियोे । तर उनलाई पोष्टमार्ट्मको लागि सुर्खेत लगिएको थियोे । मृतकको कोरोना जाँचमा भने रिपोर्ट पोजेटिभ देखिएको छ ।

नेरामावि आली क्वारेन्टाइनमा १४ दिनको बसाईपछि आरडिटी चेकमा रिपोर्ट नेगेटिभ आएको थियोे । घर पुगेको केहि दिनमै उनको लास रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियोे । तर मृत्युुको कारणमा भने माइती पक्षले आशंका गरेका छन् । मृतक भारतको हिमाञ्चल प्रदेशबाट केही दिन अघि मात्रै सिम्ता फर्केको जनाएको छ ।

रहस्यमय मृत्यु भएको र छानबिन हुनसमेत माग गरिएको छ । मृतक आफै झुन्डिएको नभए अन्य कारण हुन सक्ने माइती पक्षको आरोप रहेको छ । मृतक महिलाको कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनीसँगै रहेका र सम्पर्कमा रहेका सबैलाई पुन क्वारेन्टाइनमा राखिने भएको छ । सिम्तामा भारतबाट आएका आरडिटीकै भरमा २२ सय ५० लाई घर पठाएको छ । ती महिलालाइ कोरोना पोजेटिभ रिपोर्ट आएको थाहा पाए पछि सिम्तामा त्रास वढेको छ ।

तपाईको प्रतिक्रिया