जाजरकोटमा जीप दुर्घटना, दुईको अवस्था गम्भीर

सुर्खेत, ३ असार ।
जाजरकोटमा गए राती बोलेर जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने दुई जनाको अवस्था गम्भीर छ । जाजरकोटको छेडागाड नगरपालिका थलह बजारबाट जुनिचाँदे गाउँपालिका जाँदै गरेको लु २ च ४८४५ नं जीप छेडागाड नगरपालिका–६ लोड्नीमा गएराती दुर्घटना हुँदा दुई जना गम्भीर घाइते हुनुका साथै ५ जना घाइते भएका हुन् ।

घाईते हुने मध्ये जुनिचाँदे गाउँपालिका ४ लुहादहका फुरे खड्का र चन्दा खड्का गम्भीर घाइते भएका छन् भने सोही ठाउँका कृष्णबहादुर खड्का, रामबहादुर खड्का र कर्ण बुढा सामान्य घाइते भएका छन् । राहतको खाद्यान्न बोकेर गएको बोलेरो जीप सडकबाट करिब १२० मिटर तल खसेको हो । मंगलबार साँझ ५ बजेको घटना भएपनि करिब १० बजेतिर नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकलमा उपचारका लागि ल्याएको जाजरकोटका पत्रकार रेशमबहादुर खड्काले बताए । जिल्लामा कोरोनाको प्रकोप फैलिएको हुँदा घाइतेहरूलाई सिधै नेपालगञ्ज ल्याइएको हो । अहिले सबैको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया