को हुन नरहरिनाथ गाउँपालिका अध्यक्ष विष्ट

नरहरिनाथ गाउँपालिका कालीकाेटका अध्यक्ष :- श्री धीर बहादुर विष्टको जीवनी तथा सफलताकाे इतिहाँस 

२०२४ साल फागुन महिनाको २४ गते बुवा स्व.सिंहबहादुर विष्ट र आमा स्व. जयका विष्टको कोखबाट जन्मिएका ३ छोराहरु मध्ये जेठा सन्तान श्री अविलाल विष्ट माइला सन्तान श्री चेत बहादुर विष्ट कान्छा सन्तान श्री धीरबहादुर विष्टको साविकको ठेगाना लालु गाविस वडा नं. २ नौलाघर र हालको ठेगाना नरहरिनाथ गाउँपालिका वडा नं. ८ मा उहाँको जन्म भएको हो ।

२०३० सालमा जनप्रभात प्राथमिक विद्यालय लालुुबाट औपचारिक शिक्षा हासिल गर्न विद्यालयमा भर्ना भएका विष्टले २०४१ सालमा एसएलसी उत्तिर्ण गर्नु भयो । विष्टले स्नातकोत्तरसम्मको उच्च शिक्षा हासिल गर्नुभएको छ । २०२४ साल बैशाख ८ गते गोविकला विष्टसँग बैवाहिक सम्बन्धमा बाँधिनु भएका विष्ट ४ वटा सन्तानका अभिभावक हुनुहुुन्छ । ४ वटा सन्तानहरु मध्ये २ वटा छोरा र २ वटा छोरी हुुनुहुन्छ ।

एसएलसी उत्तिर्ण गर्दा वित्तिकै २०४२ सालमा शिक्षण पेशामा संलग्न भई साविकको सुुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतको अछाम जिल्लाको सरस्वती निम्न माद्यमिक विद्यालय झाँतामा ३ वर्षसम्म अध्यापन गराई त्यस विद्यालयबाट सरुवा भई २०४५ सालमा सालमा कालिकोट जिल्लाको साविक कोटवाडामा रहेको नन्दादेवी माद्यमिक विद्यालयमा प्राथमिक तहमा अध्यापन गराउनुभयो ।  ७ वर्ष पछि आफ्नै जन्म भूमि लालुु गाविस स्थित श्री जन प्रभात निमावि श्रीकोट लालुमा मिति २०५२ सालदेखि प्रधानाध्यापक भई त्यस विद्यालयको प्रशासन चलाउनुभयो । उक्त विद्यालयको प्रसाशन चलाउने क्रममा निमावि तह संचालनमा आएको विद्यालयलाई माद्यमिक विद्यालय बनाउनमा विशेष पहल गरी सो विद्यालयमा मा.वि. तह संचालन भयो ।


श्रीकोटको प्रशासन चलाउने क्रममा १० वर्ष पछि २०६३ सालमा जिल्ला शिक्षा कार्यालय कालिकोटले उहाँलाई श्रोत व्यक्तिको जिम्मा पाउनुु भयो । श्रोत व्यक्तिको भूमिका निर्वाह गर्ने क्रममा कालिकोट जिल्लाका विभिन्न विद्यालय स्थापना गर्ने लगायत अन्य बाल शिक्षाका नयाँ भवनहरु निर्माण र शिक्षक दरबन्दीका विषयमा विशेष भूमिका निभाउनुृ भयो । जिल्लामा रहेका विभिन्न विद्यालयहरुमा शैक्षिक सुधार ल्याउन सफल रहनुभयो । साथै सामाजिक विकृत्ति, विसंगती तथा छुवाछुत प्रथाको अन्त्यका अभियान लगायत तथा नेतृत्वदायी भूमिकाको अग्रपन्थीमा उहाँले लिडर भई विभिन्न किसिमका अनुुभवलाई बटुलेको विष्ट बताउनुहुन्छ ।

विद्यालय तथा श्रोत व्यक्ति हुँदाको समयमा विभिन्न ऐन कानुनहरुको निर्माण शैक्षिक सुधारको, निशुल्क तथा आधारभूत शिक्षाको घोषणा लगायतका कार्यक्रम तथा पुुस्तक लेखन कार्य गरिसक्नुभएको बताउनुहुन्छ । विष्टले २०७४ साल मा श्रोत व्यक्तीबाट राजिनामा दिई स्थानीय निर्वाचनमा नेपाल कम्यूूनिष्ट पार्टी एमाले बाट नरहरिनाथ गाउँपालिकाको अध्यक्षको टिकट लिई निर्वाचनमा अत्याधिक मत प्राप्त गर्नुभयो । साविकका कोटवाडा, कुमालगाउँ, रुप्सा, माल्कोट र लालु यी ५ वटा गाविस मिलाएर बनेको नरहरिनाथ गाउँपालिका हो । यसै नरहरिनाथ गाउँपालिकाका जननिर्वाचित अध्यक्ष विष्ट हुनुहुुन्छ । गाउँपालिका नमिलि बनेको नरहरि, गरी विजयी भएका अध्यक्ष हाल यस नरहरिनाथ गाउँपालिकाको समग्र विकास निमार्र्णको कार्यलाई निरन्तरता दिनको लागि रातदिन नभनी खटिरहनुभएको अध्यक्ष विष्ट बताउनुहुन्छ ।

यस नरहरिनाथ गाउँपालिकामा विकासीय योजना सम्पन्न गरी लालुु–खुलालुदेखि माल्कोट रुप्साको सम्मको सडक बाटो निर्माण, लालीघाट–सुनथराली हुुँदै कुमालगाउँसम्मको सडकको कार्य सम्पन्न भई गाउँपालिकाको वडा नं. २ सम्म सडकको ट्रयाक खोली गाडि २ नंं. वडासम्म पुुगी सकेका छन् । गाडि गाउँपालिकामा पुुगेसँगै गाउँका जनतामा खुशी छाएको अध्यक्ष बताउँनुहुन्छ । विकासीय योजनाहरुमा यस गाउँपालिकामा प्रत्येक वडामा एक घर एक खानेपानीका धार निर्माण भएका छन् । गाउँपालिकाको भवन, स्वास्थ्य, इलाका प्रहरी कार्यलय लगायत यहाँका अन्य शाखाहरुमा विद्युतको पहुँज पुुगीसकेको अध्यक्ष विष्ट बताउनुुहुन्छ । हालः विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकामा क्वारेन्टीन व्यवस्थापन देखि कोभिड–१९ नियन्त्रणका लागि गाउँपालिकाले उच्च भूमिका निर्वाह गरेको विष्टले बताउनुुभयो ।

नरहरिनाथ गाउँपालिकामा रिङरोड निर्माण कार्य सम्पनन गर्ने, गा.पा.मा हेलिप्याड निर्माण कार्य अन्तिम चरणमा र सुनथराली विमानस्थल व्यवस्थापन गरी ह्वाई उडान गर्ने, कृषिमा आधुनिकिकरण गर्ने, उन्नत पशुहरुको विकास गरी आयस्तरमा सुधार गर्ने,गुणस्तरीय शिक्षाकाृ विकास गर्ने तथा सम्पूण जनताहरुको पहुँच पुुने गरी स्वास्थ्यको विकास गरी यस नरहरिनाथ गाउँपालिकालाई अरु गाउँपालिका भन्दा फरक गाउँपालिकाको पहिंचान दिने खालको गाउँपालिका निर्माण गर्ने ध्येय रहेको विष्टले बताउनुभयो । यस नरहरिनाथ गाउँपालिकालाई विकास निर्माण कार्यमा अगाडि सार्नका लागि र समृद्धितर्फ लम्काउँदै सामाजिक विकृती र भष्ट्राचारको अन्त्य गर्ने आगामी विचार (सोच) अध्यक्ष विष्टले लिनुुभएको छ । आफु गाउँपालिकाको अध्यक्ष बनिरहेको अवस्थामा यहाँका जनताले सिंहदरबारका सबै अधिकारहरु संघीयताको माध्यमबाट गाउँमा आएको र जनताले स्थानीय तहबाटै अधिकार तथा सेवा लिइरहेको अवस्थामा आफूलाई खुशी लागीरहेको बताउनुु हुन्छ ।  समजवाद तर्फ मूूलुकलाई अग्रसर गराउने उद्देश्य बोकेका अध्यक्ष विष्ट देउडा गीत सुन्न÷पुस्तक तथा लेख रचनाहरु लेख्ने, पत्र–पत्रिका पढ्ने विभिन्न अनलाइन पत्र–पत्रिका पढने र विभिन्न कला क्षेत्रमा र समाज सेवामा आफ्नो रुची तथा चासो रहेको बताउनुहुन्छ ।  प्रस्तुती :– कालीकोटबाट नामाकर उपाध्याय



ताजा समाचार