बनगाड खोला दोहन गर्ने क्रम रोकिएन, धरापमा पक्की पुल

दुर्गा विसी
सल्लीबजार, ३ असार ।
सल्यान पश्चिममा रहेको बनगाड खोला क्षेत्रमा उत्खनन कार्य तिव्ररुपमा बढिरहेको छ । बनगाड कुपिण्डे नगरपालिका भित्रको प्रमुख खोला बनगाड खोला यतिखेर गिट्टी, ढुङ्गा, वालुवा निकाल्ने कार्यतिव्र रुपमा बढेको छ ।
भर्खर सम्पन्न भएको सल्लिवजारको गैलीवजारमा रहेको छिन्चु–जाजरकोट सडक खण्डको बनगाड खोलामा रहेको पक्कि पुलसमेत धरापमा पर्न थालेको छ । पुल आसपासका क्षेत्रमा वालुवा, ढुङ्गा निकासी गर्दा खोलाको सतह गहिरिदै गएको छ । पुलको तलतिर वालुवा उत्खनन गर्दा गहिर खाडलहरु देखिन्छन् ।

पुलसँगै वस्ति र खेतीयोग्य जमिनमा समेत खोलाले कटान गर्ने सम्भावना देखिन्छ । लामा कन्ट्रक्सनले २०७६ मंसिरमा सम्पन्न गरे पछि पुल सञ्चालनमा आएको थियोे । खोला उत्खनन कार्यलाई बनगाड कुपिण्डे नगरपालिकाले रोक्न सकिरहेको छैन । खुलेयाम खोला उत्खनन हुदा पनि सम्बन्धि निकायले चासो नदेखाएको स्थानीयको भनाइ छ । खोला उत्खनन गर्दै वालुवा, गिट्टी विक्री गर्नेहरुको संख्या धेरै छ । यस तर्फ भने निकायले चासो दिएन ।

तपाईको प्रतिक्रिया