२० जना भारतीय सैनिकको मृत्यु,भारत–चीन सीमामा ४५ वर्षपछि सैनिक हताहती

समाचार एजेन्सी
काठमाडौं, ३ असार ।
भारत र चीनबीच १९६२ मा व्यापक स्तरको परम्परागत युद्ध (कन्भेन्सनल वार) भएको थियो । १९६७ मा भएको सैनिक तनावलाई झडपको संज्ञा दिइए पनि त्यतिखेर चिनियाँ जनमुक्ति सेनाले सिक्किमलाई लगभग कब्जा गरेको थियो । चीनले ना थुलामा रहेको भारतीय सैनिक पोष्ट नै उडाइदिएको थियो । तर भारतीय सैनिकका लागि अनूकुल भूगोल रहेका कारण चिनियाँ जनमुक्ति सेना पछि हटेको थियो । ११ सेप्टेम्बरदेखि १५ सेप्टेम्बरसम्म चलेको सो सैनिक तनाव अन्त्यका लागि सिजफायर गर्न दुवै देश सहमत भएका थिए। सन् १९७५ मा फेरि सैनिकहरुको ज्यान नै जानेगरी भारत र चीनबीच सीमा विवाद चर्किएको थियो ।

अरुणाञ्चलबाट चीनको भूभागमा छिरेर गस्ती गरिरहेका भारतीय सैनिकमाथि चिनियाँ सैनिकले हमला गरेका थिए । त्यतिखेर पनि केही भारतीय सैनिकको ज्यान गएको थियो । चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिक मारिए त्यसयता पनि भारत र चीनको सिमानामा दुई देशका सेनाबीच झडप भएपनि सैनिकहरुको मृत्यु हुनेगरी तनाव बढेको थिएन । तर सोमबार राती लद्दाखको गलवान उपत्यकामा भएको झडपमा कमान्डरसहित २० भारतीय सैनिक मारिएको पुष्टि भइसकेको छ ।

भारतको सरकारनिकट केही सञ्चारमाध्यमले चीनका पनि ४३ सैनिक सैनिकको मृत्यु भएको दावी गरिरहेका छन् । भारत र चीनबीच बारम्बार सीमा विवाद भएपनि सैनिकको ज्यान नै जानेगरी ४५ वर्षपछि हिंसात्मक झडप भएको हो । प्रायः सबै छिमेकी सबै देशहरुसँग भारतको सीमा विवाद छ । विवाद नै नभएपछि कहिले सीमा अतिक्रमण गरेर त कहिले नक्सामा छिमेकीको भूगोल हुलेर भारतले यस्तो विवाद निम्त्याउने गरेको छ । तर केही वर्षयता चीनसँग सीमामा बढिरहेको विवादले उग्ररुप लिँदा भारतका सैनिकहरुले नै ज्यान गुमाएका हुन् ।

यो झडप हुनुअघि गत महिनादेखि नै लद्दाखमा दुवै देशका सैनिकबीच हात हात–हालाहाल भएको थियो । पूर्वी लद्दाखको पंगोंग र सिक्किमको नाकुलामा दुई देशका सैनिक भिडेदेखि नै तनाव कायम छ। सीमामा दुई देशबीच पछिल्लो ४० दिनयता तनाव निकै बढिरहेको थियो । भारतले आफ्ना सैनिकलाई तत्काल रोकोस्चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले तत्काल आफ्ना सैनिकको हर्कत रोक्न भारतलाई चेतावनी दिएको छ । पीएलएका पश्चिमी कमाण्डका प्रवक्ता चाङ्ग सुइलीले चिनियाँ सेनाको आधिकारिक वीबो एकाउन्टमा लेख्दै भारतलाई तत्काल आफ्ना सैनिक रोक्न र विवाद अन्त्य गर्न संवादतर्फ अघि बढ्न सुझाएका हुन् । चीनले दुई देशबीच सीमा निर्धारण गर्ने लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) को पालना गर्न भारतलाई आग्रह गरेको छ। दुई पटकसम्म भारतीय सैनिकले सीमा उल्लंघन गरेपछि आफूहरु प्रतिवादमा उत्रनुपरेको चिनियाँ पक्षको भनाई छ ।


चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिक मारिए
चिनियाँ सेनासँग भएको हिंसक झडपमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुगेको छ । सोमबार राति लद्दाखको गलवान उपत्यकाको जटिल भूगोलमा भएको हात हालाहालतका क्रममा धेरै संख्यामा भारतीय सेनाले ज्यान गुमाएका हुन् । भारतीय रक्षामन्त्रालयले मंगलबार बिहानै एकजना कर्णेल र दुईजना सिपाहीले ज्यान गुमाएको पुष्टि गरेको थियो । तर चिनियाँ सेनासँगको झडपका क्रममा ३० जनाभन्दा धेरै हराइरहेको अवस्थामा मृतक बढ्न सक्ने अनुमान गरिएको थियो ।

यस्तोमा मंगलबार बेलुकासम्म लद्दाखमा ज्यान गुमाउने भारतीय सेनाको संख्या २० पुगेको हो । एलएसीमा सोमवार चिनियाँ सेनासँगको झडपमा मारिनेको संख्या अझै बढ्न सक्ने समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । भारतीय समाचार एजेन्सी एएनआईले ४३ जना चिनियाँ सेनाको पनि यो झडपमा ज्यान गएको दाबी गरेको छ । झडपका क्रममा कयौँ घाइते भएको दाबी भारतीय पक्षको छ । चीन र भारतबीच सीमा क्षेत्रमा यति ठूलो हताहती हुने गरी ५५ वर्षपछि हिंसक झडप भएको हो । सोमवार राति दुवै देशका सेनाबीच हिंसक झडप भएको थियो ।

यो घटना तब भयो जब दुवै देशबीच वार्ता भएर गलवान उपत्याकको अवस्था सामान्य हुने क्रममा अघि बढिरहेको थियो । यसअघि झडपबारेमा भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भारतले सदैव एलएसीको सम्मान गरेको बताउँदै चीनले पनि यस्तै गर्नुपर्ने उल्लेख गरेको थियो । मन्त्रालयले सोमबारको झडप टार्न सकिने अवस्था हुँदा हुँदै पनि दुवै देशले क्षति भोग्नुपरेको जनाएको छ । एलएसीमा भएको झडपपछि दिल्लीमा रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ, जनरल बिपिन रावत र सेना प्रमुख जनरल एमएम नरभाणेका साथ बैठक गरेका थिए । राजनाथ सिंहले यस मामिलाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि जानकारी दिएका थिए । त्यसपछि विदेश मन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री निवास पुगेर मोदीलाई भेटेका थिए । यद्यपि मंगलवार दिउँसो आफ्नो भनाइ सार्वजनिक गर्दै भारतीय सेनाले गलवान उपत्यकामा चिनियाँ सेनासँग भएको झडपमा आफ्ना एकजना कर्णेलसहित तीन सैनिकले ज्यान गुमाएको जनाएको छ । अन्य १७ जना सैनिकबारे उसले अहिलेसम्म केही पनि बोलेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार