गुर्भाकोटमा मृत्यु भएकाको कोरोना नेगेटिभ

सुर्खेत, २ असार ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका क्वारेनटाइनमा मृत्यु भएकोमा पुरुषमा कोरोना रिपोट नेगेटिभ आएको छ । १३ दिनअघि भारतको गढ्वालबाट स्वदेश फर्किएका ५० वर्षीय पुरुषको सोमबार मृत्यु भएको थियो ।  पहिलेदेखी दर्घरोगको विरामी रहेका उनी केहीदिन अघि लडेर सामान्य चोट समेत लागेको थियो । सोमबार विहान आफैले खाना पकाएर खाएपछि एक्कासी बसी रहेको बेला मृत्यु भएको उहाँको भनाई छ । मृतकको पीसीआर परिक्षण गर्दा रिपोट नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया